तनाव ब्यवस्थापन सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न

चरिकोट(दीस)ः दोलखाको पर्यटकीय नगर जिरीमा दुई दिने तनाव ब्यवस्थापन सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । शनिवार कार्यशाला सम्पन्न भएको हो ।
जिल्लाका आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाद्वारा जिल्लाका कार्यालय प्रमुखहरुलाई तनाव ब्यवस्थापन सम्बन्धि दुई दिने दुईदिने कार्यशालाको आयोजना गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाका प्रमुख डाक्टर मनोज चौधरीले जानकारी दिनुभयो । कार्यशालामा प्रशिक्षकद्वय विनोद पौडेल र डाक्टर विनोद घिमिरेले तनाव ब्यवस्थापन र योग सम्बन्धी प्रशिक्षण दिनु भएको थियो । कार्यशाला शुक्रवारबाट सुरु भएको थियो ।

Shares

Be the first to comment on "तनाव ब्यवस्थापन सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न"

Leave a comment

Your email address will not be published.


*