दोलखाको सिंगटी बजारमा ढुङ्गाले लागेर महिलाको मृत्यु

दीक्षण समाचार
चरिकोट, साउन १३
दोलखाको सिंगटी बजारमा घर माथिबाट आएको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ ।
घरायसी काम गर्दैगर्दा माथितिरबाट खसेको ढुङ्गाले लागेर कालिञ्चोक गाउँपालिका २ बावरे घर भई हाल विगु गाउँपालिका वडा नम्वर ४ सिंगटीमा बस्दै आएकी ३५ वर्षिय रेणु थामीको मृत्यु भएको हो । अविरल बर्षापछि घर भन्दा ५ सय मिटर माथितिरबाट खसेको ढुंगा लागेर गम्भिर घाईते भएकी थामीलाई उपचारका लागि काठमाडौँको अस्पताल लैजाँदै गर्दा बीच बाटोमै जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । मृतकको शव पोष्टमाार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट राखिएको छ ।

Shares

Be the first to comment on "दोलखाको सिंगटी बजारमा ढुङ्गाले लागेर महिलाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*