ढुँगाले लागेर दोलखामा एक जनाको मृत्यु, एक घाइते

दीक्षण समाचार
चरिकोट, भदौ १७
दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ५ खानिगाउँ स्थित निर्माणाधिन सासा हाइड्रोपावरमा कार्यरत एक मजुदरको ढुँगाले लागेर मृत्यु भएको छ । सोलुखुम्बु लिखुपिकेका २२ वर्षीय पेम्बा छिरिङ शेर्पाको हाइड्रोपावरको सुरुङ भित्र मेशिनमार्फत जाने क्रममा माथीबाट ढुँगा खसेर लाग्दा घटनास्थलमै मृत्यु भएको हो । ढँुगाले लागेर सोलुखुम्बु खुम्बुपासाङका २० वर्षीय फुर्वा ग्याल्जेन शेर्पा घाइते हुनुभएको छ । घाइते शेर्पाको सिंगटी स्थित रोल्वालिङ अस्पतालमा उपचार भइरहेको दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले बताउनुभयो ।

Shares

Be the first to comment on "ढुँगाले लागेर दोलखामा एक जनाको मृत्यु, एक घाइते"

Leave a comment

Your email address will not be published.


*