ड्यामसाइटमा बेपत्ता युवकको शव फेला

दीक्षण समाचार
चरिकोट, भदौ ८
दोलखाको विगु गाउँपालिका स्थित लामाबगरमा हाइड्रोपावरको ड्यामसाइटमा बेपत्ता युवकको शव फेला परेको छ । ८ जना मजदुर सवार डुङ्गा पार्किङ नजिकै रुखमा ठोकिएर असन्तुलित भएपछि ड्याममा डुङ्गाबाट हामफाली बेपत्ता हुनुभएका रामेछाप उमाकुण्ड गाउँपालिका वडा नं. १ का रमेश बस्नेतको शव फेला परेको हो । लामाबगर स्थित नासा हाइड्रोपावरमा मजदुरको रुपमा कार्यरत बस्नेत साउन २३ गते दुगढ हाइड्रोपावरमा स्काभेटर मर्मत गरी डुङ्गामार्फत फर्किने क्रममा हामफाली बेपत्ता हुनुभएको थियो । बेपत्ता बस्नेतको खोजतलासको क्रममा बुधबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सानु तामाङले बताउनुभयो । उहाँका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजतलासको क्रममा शव फेला पारेको हो ।

Shares

Be the first to comment on "ड्यामसाइटमा बेपत्ता युवकको शव फेला"

Leave a comment

Your email address will not be published.


*