डेपुटी सिईओको मानसिक टर्चरले शाखाका म्यानेजर अस्पतालमा भर्ना

चरिकोट(दीस)ः नेपाल इन्भेष्टमेन्ट मेगा बैंक चरिकोट शाखाका म्यानेजर कपिल भण्डारी सो बैकका डेपुटी सिईओ विजेन्द्र सुवालले अत्याधिक मानसिक तनाब दिएका कारण रक्तचाप बृद्धि भई अस्पतालमा उपचाररत रहनु भएको छ । सुवालले पटक पटक सार्वजनिक रुपमा उच्चारण गर्न समेत नमिल्ने गरी अश्लिल शब्द समेत प्रयोग गर्दै थर्काउने गरेका कारण म्यानेजर भण्डारी अस्पतालमा इमरजेन्सीमा भर्ना हुनु पर्ने अवस्थामा पुग्नु भएको हो ।
शुक्रवार डेपुटी सिइओले फोनमा आपत्तिजनक शब्द बोल्दै थर्काइरहेको समयमा भण्डारी बेहोस हुनु भएको थियो । चरिकोटको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि बेहोस भण्डारीलाई काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भईरहेको छ । अस्पतालमा उपचाररत भण्डारीले आफ्नो स्वास्थ्य अवस्थामा सुधार आएको बाताउनु भएको छ । भण्डारीको उपचार खर्च बैंकले ब्यहोर्ने बताईएको छ ।

Shares

Be the first to comment on "डेपुटी सिईओको मानसिक टर्चरले शाखाका म्यानेजर अस्पतालमा भर्ना"

Leave a comment

Your email address will not be published.


*