डाक्टर विनोद दंगाल विभूषित

दीक्षण समाचार
चरिकोट, बैशाख २
दोलखामा कार्यरत डाक्टर विनोद दंगाल प्रवल जनसेवाश्री पदकबाट विभुषित हुनुभएको छ । पशुपति चौलागाईं स्मृति अस्पतालका प्रमुख डाक्टरले दंगाल राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा पदक प्राप्त गनुभएको हो । डाक्टर दंगालले स्वास्थ्य क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानको कदर गरी बिहीबार (बैशाख १ गते) राष्ट्रपति विद्यादेवी भण्डारीले डाक्टर दंगाललाई जनसेवाश्री पदक प्रदान गर्नुभएको छ । २०७८ को संविधान दिवसमा घोषणा गरिएको पदक नयाँ वर्ष २०७९ को अवसरमा डाक्टर दंगाल प्राप्त गर्नुभएको छ । १२ वर्षभन्दा बढी स्वास्थ्य क्षेत्रमा सक्रिय डाक्टर दंगालले यसअघि सिन्धुपाल्चोकमा सेवा गर्नुभएको थियो, भने हाल पशुपति चौलागाईँ स्मृति अस्पतालमा प्रमुखको भूमिकामा हुनुहुन्छ । हालसम्म ५० हजार भन्दा बढी बिरामीको उपचार गर्नुभएका डाक्टर दंगालले सामान्यदेखि जटिल प्रकृतिका हजारौँ सफल शल्यक्रिया गर्नुभएको छ । बिरामीको उपचारमा रमाइरहनुभएका डाक्टर दंगाल यसअघि पनि विभिन्न संघसंस्थाबाट सम्मानित हुनुभएको छ ।

Shares

Be the first to comment on "डाक्टर विनोद दंगाल विभूषित"

Leave a comment

Your email address will not be published.


*