डल कुसन निर्माण तालिम सुरु

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा महिलाहरुका लागि डल कुशन बनाउने तालिम सुरु भएको छ । विहिवारबाट तालिम सुरु भएको हो । बागमति प्रदेश, सामाजिक बिकास मन्त्रालय, हेटौडाको परियोजना सहयोग तथा उत्पीडित महिला मुक्ति समाज दोलखाको आयोजनामा तालिम सुरु भएको उत्पीडित महिला मुक्ति समाज दोलखाले जानकारी दिएको छ । तालिमको भीमेश्वर नगरपालिकाका प्रबक्ता तारानाथ चौलागाईंले उद्घाटन गर्नु भएको थियो । तालिममा १५ जना प्रशिक्षार्थी महिलाहरुको सहभागिता रहेको छ । तालिम सात दिनसम्म सञ्चालन हुने उत्पीडित महिला मुक्ति समाज दोलखाकी कोषाध्यक्ष शर्मीला सापकोटाले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "डल कुसन निर्माण तालिम सुरु"

Leave a comment

Your email address will not be published.


*