डडुवामा सेवा केन्द्रको स्थापना

चरिकोट (दीस) – दोलखाको तामाकोसी गाउँपालिका –१ भिरकोटको डडुवामा सेवा केन्द्र स्थापना गरिएको छ । सेवा केन्द्रको विहिबार नेपाली कांगे्रसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले उद्धघाटन गर्नु भएको थियो । गाउँगाउँमा सिंहदरबारको अनुभूति दिलाउन र स्थानीयको सेवा प्रवाहलाई प्रभाबकारी बनाउन सेवा केन्द्रको स्थापना गरेर राम्रो काम गरेको केन्द्रीय सदस्य काफ्लेले बताउनु भयो ।
कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य काफ्लेले भिरकोटका स्थानियहरुलाई २ ठाँउ बाट सेवा दिएर सिंहदरबारको आभाश दिएकोमा वडा अध्यक्षलाई धन्यवाद दिनु भयो । अबको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन आग्रह गर्दै उहाँले अव देशको विकास कांगे्रसले गर्ने बताउनु भयो । सेवाकेन्द्रमा महिनाको ४ दिन वडा कार्यालयबाट हुने सम्पुर्ण सेवाहरु प्रदान गरिने वडा अध्यक्ष महेश्वर काफ्लेले बताउनु भयो ।

Shares

Be the first to comment on "डडुवामा सेवा केन्द्रको स्थापना"

Leave a comment

Your email address will not be published.


*