डँढेलो लगाउने मानिसको सूचना दिनेलाई ५० हजार पुरस्कार

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले बन डँढेलो लगाउने ब्यक्तिको बारेमा स प्रमाण सहित सूचना दिनेलाई ५० हजार पुरस्कार दिने भएको छ । वन डँढेलो लगाउने क्रम नरोकिएपछि गाउँपालिकाले सूचना दातालाई सो पुरस्कार दिने भएको हो ।
हेलम्बु गाउँपालिकाले सूचना नै जारी गरी वन डँढेलो लगाउन संलग्न ब्यक्तिबारे प्रमाण सहित सूचना दिनेलाई ५० हजार नगर पुरस्कार दिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनध्वज लामाले जानकारी दिनुभयो । उजुरी कर्ताको नाम गोप्य राखिने उहाँको भनाई रहेको छ । वन डँढेलो लगाउने काम कानुनद्वारा बर्जीत कार्य भएकोले यस्ताकाममा संलग्नलाई प्रचलित कानुन बमोजिम कानुनी कारवाही हुने गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

Shares

Be the first to comment on "डँढेलो लगाउने मानिसको सूचना दिनेलाई ५० हजार पुरस्कार"

Leave a comment

Your email address will not be published.


*