ठेलामा खाजा बेच्ने उदाहरणीय जोडी, दिनमैँ कमाउँछन् ४ हजार

ईश्वर बिश्वकर्मा
चरिकोट, असोज २९
गैरीमुदीकी ५५ वर्षे मानकुमारी श्रेष्ठ श्रीमान्सहित चरिकोट आएकी थिइन् । उनले मंगलबार मिठो मान्दै चटपट्टे खादैँ थिइन् । स्वादिष्ट, ताजा चटपटे खानुको मज्जा बेग्लै रहेको बताइन् । त्यसैगरि नाम्दुका युवा सुरज तमाङले पनि मिठो मानेर समोशा खादैँ थिए । उनले ठेलाको समोशा ताजा र सफा रहेको बताए ।
यसरी नै दिनहुँ बालबालिका, युवा, बृद्धबृद्धा सबै उमेर समुहका मानिसको ध्यान खाजा सजाएर राखिएको ठेलागाडामा जान्छ । घुटुक्क थुक निल्दै, मुख मिठ्याउदैँ पानीपुरी, चटपटे, मम, पकौडा राखिएको ठेलागाडातिर लम्किन्छन्, र आफुलाई मनलागेको खानेकुराको परिकार मिठो मान्दैँ खान्छन् ।
१ महिना अघि ३५ हजार रुपैँयामा खरिद गरेको ठेलागाडामा विभिन्न खाजाका परिकार बेच्दै आएका एक जोडी दिनमै ४ हजार भन्दा बढी कमाई हुन थालेपछि मख्ख छन् ।
जन्मथलो महोतरी बर्दिबास रहेका मनोज चौधरी र दोलखाको विगु गाउँपालिकाकी पवित्रा थामी करिब १ वर्ष अघि बैबाहिक सम्बन्धमा जोडिएका हुन् ।
सुरु सुरुमा समाजले हेर्ने दृष्टिकोण नकरात्मक भएता पनि केहि महिना यता समाजले राम्रो नजरले हेर्न थालेको मनोज बताउँछन् ।
अहिले श्रीमान् श्रीमती दुबै मिलेर ठेलागाडामै भएपनि सानो व्यापार थालनी गरेको र सुरुवाती चरणमा नै राम्रो कमाइ भएको मनोज बताउँछन् ।
“उनि भन्छन् मलाई मेरी श्रीमतीको ठुलो साथ छ । उनि पनि सन्तुष्ट भएर नै मलाई यस कार्यका लागि सहयोग गरिरहेकी छिन् । ”
कमजोर आर्थिक अवस्थाका कारण औपचारिक शिक्षाबाट बञ्चित भएका मनोजले ६ वर्ष काठमाडौँको होटलहरुमा कुक रुपमा काम पनि गरेका थिए ।
होटलमा काम गर्दा सन्तुष्टि र आम्दानी नमिलेपछि मनोज दोलखा आएका थिए । त्यही समयमा पवित्रासँग भेट भएको उनले बताए ।
खानेकुराको हरेक परिकार बनाउने सीप भएकाले सटरभाडामा लिएर खाजा पसल सञ्चालन गर्ने सोच बनाएका थिए ।
तर पूँजीको अभाव भएकाले थोरै लगानीमा सटर भाडामा नलिएको र ठेलागाडामैँ खाजा व्यापार सुरु गरि आम्दानी हुदैँ गएकाले आफुहरु सन्तुष्ट रहेको उनिहरु बताउँछन् ।
स्वदेशमै गरे आफ्नो देशमा नै सुन फलाउन सकिन्छ, काम ठुलो सानो हुदैँन, लाज मानी हात बाँधेर बसे रोग पनि लाग्छ, भोक पनि लाग्छ मनोजले भने । चरिकोटका बासिन्दाले भन्दापनि यात्रुहरुले ग्रामिण भेगका मानिसले ठेलागाडाको खाजा खाने गरको पबित्राले बताइन् ।
कतिपय ग्राहकले अन्यले बनाएको भन्दा मिठो भन्दै तिन चार सयको खाजा खाने गरेको उनले बताइन् । प्रायजसो पानीपुरी र चटपट्टे खानेको भिड लाग्ने गर्दछ । कति खाजा चाहिन्छ अनुमान लगाई बासी रहने गरि कहिल्यै खाजा तयार नगर्ने उनले बताइन् । बरु अलिकति कम होस् तर बासी हुन नदिने पबित्राले भनिन् । पबित्रा र मनोजको जोडी बिहान ६ बजेदेखि बेलुकी ५ बजेसम्म आफ्नै ठेलामा व्यस्त हुन्छन् ।
भीमेश्वर नगरपालिकाले भने सपिङ कम्पेक्स बनिसके पछि ठेलागाडामा खाजा व्यापार गर्न नदिने भनेको उनले बताए ।

Shares

Be the first to comment on "ठेलामा खाजा बेच्ने उदाहरणीय जोडी, दिनमैँ कमाउँछन् ४ हजार"

Leave a comment

Your email address will not be published.


*