ठेकेदार विरुद्ध चरिकोटका स्थानियले फुके शंख

ईश्वर बिश्वकर्मा
चरिकोट, मंसिर १४
चरिकोटका स्थानियले चरिकोट–खाडीचौर सडक विस्तारको काम सुस्त गतिमा भएको भन्दै ठेकेदार बिरुद्ध शनिबार शंख फुकेका छन् ।

यसअघि दोलखाको ‘लाईफलाईन’ खाडीचौर–चरिकोट सडक अलपत्र पार्ने ठेकेदार कम्पनीका मालिकको फोटो गाडीमा टालेर सांकेतिक विरोध सुरु गरेका दोलखाबासीले त्यसयता चरिकोटमा मानव साङलो र सिठ्ठी जुलुस निकालेका थिए ।

विकास निर्माणमा राज्य र निर्माण व्यवसायीको लापरवाहीका कारण नागरिकले सास्ती व्यहोर्नुपरेपछि जिल्लाबासी सडक संघर्षमा आउन बाध्य भएको त्यहाँका स्थानीयको आरोप छ । पानी परेका बेला सडक घण्टौं फस्ने र हिउँदमा धुलोको कारण त्यहाँका स्थानीय बर्षौदेखि समस्यामा छन् ।

Shares

Be the first to comment on "ठेकेदार विरुद्ध चरिकोटका स्थानियले फुके शंख"

Leave a comment

Your email address will not be published.


*