टेलिकमको ब्याट्री गायब

इश्वर बिश्वकर्मा
चरिकोट, असार १३
दोलखामा नेपाल टेलिकमको मोबाइल टावरको ब्याट्री तथा उपकरण गायब हुने गरेको पाइएको छ । उत्तरी क्षेत्रको गौरीशंकर गाउँपालिका वडा नं. ८ खारे किर्पानी स्थित मोबाइल टावरमा प्रयोग हुने एक वटा ब्याट्री गायब भएको छ । विद्युत् आपूर्ति नहुँदा पनि ब्याट्रीको प्रयोगले मोबाइल टावर सुचारु हुन्छ। त्यसका लागि यहाँ ४८ वटा ब्याट्री व्यस्थापन गरिएको थियो । तर एक वटा ब्याट्री गायब हुँदा समस्या पैदा भएको नेपाल टेलिकम चरिकोटका प्रमुख राजु गिरीले जानकारी दिए । एक महिना अघि एउटा ब्याट्री गायब भएको अनुगमनको क्रममा पत्ता लागेको हो । “सबै ब्याट्री हुँदा बत्ती नभएको बेलामा पनि आठ घण्टासम्म मोबाइल टावरले काम गर्थ्यो । तर एउटा ब्याट्री हराएपछि चार घण्टा मात्र काम गर्छ । यसले गर्दा उत्तरी क्षेत्रका नागरिकहरुले सञ्चार सुविधाबाट प्रभावित भएका छन् । ब्याट्री गायब भएको बारे प्रहरी प्रशासनलाई जानकारी गराइएको नेपाल टेलिकमले जनाएको छ । पुर्व अवस्थाको झैँ सेवाका लागि काठमाडौँबाट ब्याट्री ल्याइसकिएको छ । तर निषेधाज्ञा लगायतका बहाना बनाई उक्त स्थानमा ब्याट्री लैजान विलम्ब गरिएको छ ।

Shares

Be the first to comment on "टेलिकमको ब्याट्री गायब"

Leave a comment

Your email address will not be published.


*