टेम्पो दुर्घटनाका घाइतेलाई वडाले उपचारमा सहयोग गर्ने

चरिकोट(दीस)ः विहिवार भीमेश्वर नगरपालिका वडा नम्बर चारको जिलुमा भएको ट्याम्पो दुर्घटनामा परेकालाई उपचारमा सहयोग गरिने भएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर चार वडा कार्यालयले घाइतेलाई उपचार खर्च सहयोग गर्ने भएको हो ।
विहिवार वडा नम्बर चारको जगथानमा भएको अटो दुर्घटनाका घाइतेहरुको काठमाडौंमा उपचार भईरहेकोले उपचारमा खर्च गर्न वडा कार्यालयले ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको वडाध्यक्ष तारानाथ चौलागाईंले जानकारी दिनुभयो । दुर्घटनामा परी घाइते भएका सबिता के.सी, अन्जु के.सी. , करिश्मा चौलागाई र दिपेन्द्र चौलागाईको काठमाडौंमा उपचार भईरहेको छ ।

Shares

Be the first to comment on "टेम्पो दुर्घटनाका घाइतेलाई वडाले उपचारमा सहयोग गर्ने"

Leave a comment

Your email address will not be published.


*