टिक्दैनन् दोलखामा प्रमुख प्रशासकिय अधिकृत , विकासमा अबरोध

ईश्वर बिश्वकर्मा/चरिकोट –दोलखाको स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृत ६ महिनाभन्दा बढी नटिक्नाले स्थानीय तहको काम सन्तोषजनक हुन सकेको छैन ।

जिल्लाको अधिकाँश तहमा प्रमुख प्रशासकिय अधिकृत छोटो अवधीमै परिवर्तन हुदाँ पालिकाहरुको आर्थिक सगैँ प्रसाशनिक काम सन्तोषजनक हुन नसकेको हो ।

प्रमुख प्रशासकिय अधिकृतले आएको ६ महिनामै विभिन्न बाहना बनाई सरुवा हुने गरेकाले कतिपय पालिकामा जनमुखी र महत्वपुर्ण काम नभएको जनताको गुनासो गर्दै आएका छन् ।जिल्लाको मेलुङ गाउँपालिकामा भर्खरै राजस्व अनुसन्धान विभागबाट महेन्द्र बिश्वकर्मा आएका छन् ।

यस अघि ४ जना प्रमुख प्रशाकिय अधिकृत आएपनि ६ महिना हुने बितिकै सरुवा एवंम पदबढुवा भई जाने गरेकाले पालिकामा विकास कार्यमा असहज हुने गरेको पालिकाले जनाएको छ । स्थानिय संरचना बनेपछि देवराज भण्डारी, कृष्ण हुमागाईँ, धनेन्द्र भुजेल, रामकृष्ण अर्यालले प्रमुुख प्रशासकिय अधिकृत सम्हालेका गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले बताए ।त्यसैगरि विगु गाउँपालिकामा आर्थिक वर्षको ३ महिना प्रमुख प्रशासकिय बिनै काम गरिएको अध्यक्ष युधिष्ठिर खडकाले बताए । पालिकामा अधिकृत आउने, जाने प्रक्रियाले सहज ढङ्गले कार्यसम्पादन गर्न कठिनाई भइरहेको खड्का बताउँछन् ।

पालिकामा गणेश लामाले १ वर्ष अधिकृत भई काम गरेका थिए भने नवराज ओलीले २ बर्ष अधिकृत सम्हाली सरुवा भए । पुस २५ गतेदेखि पालिकामा दिपप्रशन राई प्रमुख प्रशासकियको रुपमा सरुवा भई आएका उनले बताए ।जिरी नगरपालिकामा ३ जना प्रमुखप्रशासकियको रुपमा आई सरुवा भएका छन् । नगरमा चक्रपाणी शर्मा १ वर्ष, जगत फुयाँल करिब ७ महिना र उदिला काफ्लेले प्रमुख प्रशासकियकाे रुपमा कार्य गरेका थिए । ११ महिना अघि देखि नगरमा शिवप्रसाद रिजालले प्रमुख प्रशासकिय अधिकृत सम्हाल्दै आएका छन् ।
शैलुङ गाउँपालिकामा सुरुमा बलराम बुढाथोकी निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा काम गरे । त्यसपश्चात् रितु थपलिया, विष्णु प्रसाद सुवेदी, विष्णु बहादुर कार्की र रमेश सुनार प्रमुख प्रसाशकिय अधिकृतको पद सम्हालेका थिए । माघ १७ गते भने रामकुमार महत्तोले प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्य गर्दै आएका गाउँपालिकाका अध्यक्ष भरत दुलालले बताए । उनले प्रमुख प्रशासकिय अधिकृत परिवर्तन भइरहँदा विकासको काममा सन्तोष जनक प्रगति हासिल गर्न नसेता पनि उल्लेख्य काम गर्न पालिका सफल भएको दाबी गरे ।

बैतेश्वर गाउँपालिका चालु आर्थिक वर्षको माघ २३ गते शालिक राम फुँयाल प्रमुख प्रशासकिय अधिकृतको रुपमा आएका छन् । त्यसअघि नवराज पराजुली, सुरेश आचार्य, हरि उपाध्यय र अर्जुन खड्काका प्रमुख प्रशासकिय अधिकृतको रुपमा करिब छ, सात महिना काम गरेर सरुवा भएको गाउँपालिकाका अध्यक्ष छबी लामाले बताए ।
प्रमुख प्रसाशकिय अधिकृत स्थिर नहुँदा पालिकाको काममा जटिलता हुने गरेको उपाध्यक्ष रविचन्द्र आचार्यले बताए ।
त्यसैगरि जिल्लाको प्राचिन नगरी भीमेश्वर नगरपालिकामा ३ जना प्रमुुख प्रशासकिय अधिकृत रुपमा आएका थिए । करिब १ वर्षदेखि मान बहादुर खड्का प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत रहेका छन् ।जिल्लाको तामाकोसी गाउँपालिकामा २ जना अधिकृत भएका छन । पहिलो कार्याकाल दिपेश कटेलले २ बर्ष काम गरी सरुवा भएका छन् । हाल सो पालिकामा विज्ञान कोइराला कार्यरत छन ् ।
१८ दिनमात्र टिके पोखरेल
जिल्लाको कालिञ्चोक गाउँपालिकामा ६ जना प्रमुख प्रशासकिय अधिकृतको रुपमा आएका थिए । जसमध्ये छोटो अवधी प्रमुख प्रशासकिय अधिकृतको रुपमा काम गरि रामप्रसाद पोखरेल अन्यत्र सरुवा भई गएका थिए । गाउँपालिकामा १८ दिनमात्र प्रमुख प्रशासकियको रुपमा पोखरेलले काम गरेको पालिकाले जनाएको छ । बालकृष्ण हुमागाईँ, सुरज अर्याल, लक्ष्मण कुइँकेल, माधव घिमिरेले करिब पाँच छ महिना अधिकृतको रुपमा काम गरेका कालिञ्चोक गाउँपालिकाकी उपाध्यक्ष कालिक पाठकले बताइन् ।केही महिनाअघि पालिकामा केन्द्र विवाद र अन्तरद्धन्द्धले गर्दा प्रमुख प्रशासकिय अधिकृत सरुवा हुने गरेका थिए । पालिकामा अहिले नवराज ओली कार्यरत छन् ।
गौरीशंकर गाउँपालिकामा १ जना प्रमुख प्रशासकिय परिर्वतन जिल्लाको गौरीशंकर गाउँपालिकामा भने १ जनामात्र प्रमुख प्रशासकिय अधिकृत परिर्वतन भएका छन् । जनप्रतिनिधी आएको केही दिनपछि पालिकामा दिपेश छाङ्छा प्रमुख प्रशासकिय अधिकृतको रुपमा आएका थिए । उनले २०७५ सम्ममा अधिकृत भई काम गरे भने त्यसपश्चात् प्रदिप कुमार खड्का आएका छन् ।

Shares

Be the first to comment on "टिक्दैनन् दोलखामा प्रमुख प्रशासकिय अधिकृत , विकासमा अबरोध"

Leave a comment

Your email address will not be published.


*