टाउकोका रोगी कार्कीलाई ५० हजार सहयोग

ईश्वर बिश्वकर्मा
चरिकोट, मंसिर ७
टाउकोका रोगी शंकर कार्कीलाई नेपाल कृषि तथा भेटेनरी हकहित संरक्षण समितिले ५० हजार सहयोग गरेको छ ।
तामाकोशी गाउँपालिकामा कार्यरत पशु प्राविधिक टाउकाको रोगी शंकर कार्कीलाई समितिले शनिबार नगद ५० हजार सहयोग गरेको हो ।
समितिले रोगीका दाई रामकृष्ण कार्कीलाई भेटेनरी अस्पताल तथा विज्ञ केन्द्र दोलखाका प्रमुख डाक्टर राम कुमार कार्कीले हस्तान्तरण गरे ।
साथै विज्ञ केन्द्रका प्रमुख डाक्टर राम कुमार कार्कीले पनि ५ हजार सहयोग गर्ने बताए ।
रोगी शंकर कार्कीको हाल काठमाडौँको वीर अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारका लागि करिब १६ लाख रुपैँया लाग्ने बताइएको छ ।
सोलुखुम्बुमा पशुप्राविधिकका रुपमा कार्यरत मिर्गौला रोगी लाक्पा शेपालाई पनि समितिले गत वर्ष १४ हजार सहयोग गरेको समितिले जनाएको छ ।

Shares

Be the first to comment on "टाउकोका रोगी कार्कीलाई ५० हजार सहयोग"

Leave a comment

Your email address will not be published.


*