झोलुङ्गे पुल निर्माण सम्पन्न

चरिकोट (दीस) ःजिल्लाको कालिञ्चोक गाउँपालिकामा वडा नम्बर ६ मा झोलुुङ्गे पुलको निर्माण सम्पन्न भएको छ । सो वडाको हुुर्हुुरे खोलामा झोलुुङ्गे पुलको निर्माण सम्पन्न भएको हो । पुल निर्माण कुल लागत ३९ लाख चौध हजार रुपैयाँ रहेको छ । वडा नम्बर ६ का वडाध्यक्ष भरत पाण्डेका अनुसार पुलको कुल लम्बाई ७० मिटर लम्बाई रहेको र सो वडाका २ सय ६५ घरधुरी लाभान्वित भएका छन् । एसडब्लुुएपी नामक गैह्रसरकारी संस्था तथा कालिञ्चोक गाउँपालिकाको साझेदारीमा पुल निर्माण सम्पन्न उहाँले जानकारी दिनु भयो ।झोलुुङ्गे पुलको कुललागतको एसडब्लुुएपीको ८५ प्रतिशत ,पालिकाले १३ प्रतिशत र समुदायले दुुई प्रतिशत लागत रकम बराबरको श्रमदान रहेको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । पुल निर्माण पछि आवातजावत गर्न सजिलो भएको स्थानीयहरुको भनाई रहेको छ ।

Shares

Be the first to comment on "झोलुङ्गे पुल निर्माण सम्पन्न"

Leave a comment

Your email address will not be published.


*