झुले–छौंडे सडक कालोपत्रे गर्न बजेट विनियोजन गरिने

चरिकोट (दीस) ः बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले दोलखाको तामाकोशी गाउँपालिका अन्तर्गतको झुुले छौंडे सडक कालोपत्रे गर्नको लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाउनु भएको छ । कालिञ्चोक गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्न बुधबार दोलखा आउनु भएको लामाले सदरमुकाम चरिकोटमा निर्माण व्यवसायी संघ दोलखाले गरेको स्वागत कार्यक्रममा उहाँले सो प्रतिवद्वता जनाउनु भएको हो ।
लामाले यो सडकखण्डका लागि ३० देखि ३५ करोड रकम बिनियोजन गरी यो आर्थिक बर्ष भित्रै प्रदेशले टेण्डर गर्ने बताउनु भयो । यो सडकलाई प्रदेश सरकारले बहुबर्षिय योजनामा राखी कालोपत्रे गर्ने बताउनुभयो । अहिलेको क्रसर नीतिका कारण निर्माण क्षेत्र अस्त व्यस्त भएको भन्दै लामाले क्रसर सञ्चालन गर्न सरकारले नयाँ ऐन ल्याउनु पर्ने बताउनु भयो । नेपालको भुुगोलका आधारमा क्रसर संचालन नीति बनाउनुपर्नेमा त्यो नहुँदा समस्या उत्पन्न भएको उहाँको भनाई थियो । क्रसर उद्योग नागरिकको मर्म र भाबना अनुरुप नहुँदा नागरिकहरुले दुख पाएको बताउँदै मन्त्री लामाले नेपाल बिकासमा पछि पर्नुुको कारण उत्पादनमा नलाग्ने तर हरेक चिजको आयात बाहिरबाट गर्दा देशमा रोजगारीको अवसर सिर्जना हुन नसकेको उहाँले बताउनु भयो । नेपालमा जनै देखि सियो धागोसम्म बिदेशबाट ल्याएर प्रयोग गर्दा आर्थिक अबस्था बिग्रँदै गएको बताउँदै मन्त्री लामाले आर्थिक संकटको प्रमुख कारण बिदेशी बस्तुमा रमाउँदा र स्वदेशमा कामको सम्मान नहुँदा समस्या उत्पन्न भएको बताउनुभयो । लामाले राज्यबाट बिनियोजित रकम सरकारकोत हो नी भन्ने मानसिकता तल्लो तहसम्म हुँदा देश कंगाल हुने बाटो तर्फ गईरहेको उल्लेख गर्दै राज्यबाट बिनियोजित बजेट हाम्रै करको हो भन्ने नागरिकमा सोच आउनु जरुरी रहेकोमा जोड दिनुभयो । मन्त्री लामाले बुधबार नै चरिकोट स्थित टुडिखेलको समेत अनुगमन गर्नु भएको थियो । अर्को आर्थिक बर्षदेखि बजेट विनियोजन गरी यसको स्तरोन्नतिमा सहयोग गर्ने प्रतिबद्वता जनाउनु भएको थियो । नेपाली कांग्रेस वागमती प्रदेश संसदीय दलका नेता समेत रहेका लामालाई जिल्ला स्थीत पार्टी कार्यालयमा पाटी सभापति बर्मा लामासहित नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । उहाँले बुधबार नै कालिञ्चोक गाउँपालिकाको पोखरेमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समेत गर्नु भएको थियो ।

Shares

Be the first to comment on "झुले–छौंडे सडक कालोपत्रे गर्न बजेट विनियोजन गरिने"

Leave a comment

Your email address will not be published.


*