झमार्सीमा गएको पहिरोले सडकमा क्षति पु¥याएपछि दोलखाको उत्तरी क्षेत्रका स्थानीय प्रभावित

चरिकोट (दीस) ः दोलखाको उत्तरी क्षेत्रको लाइफलाइन चरिकोट सिगंटी सडकखण्ड अन्र्तगत झमार्सी पुल नजिक गएको पहिरोले सडकमा क्षति पु¥याएपछि उत्तरी क्षेत्रको जनजीवन प्रभावित भएको छ । दुई साता अगाडी आएको पहिरोले सडकमा क्षति पु¥याएपछि सो क्षेत्रमा यातयातको सञ्जाल टुटेपछि सो क्षेत्रका स्थानीय प्रभावित भएका हुन्  । पहिरोले चरिकोटबाट कालिञ्चोक गाउँपालिका हुँदै विगु गाउँपालिका र गौरीशंकर गाउँपालिका जाने सवारीसाधन पूर्ण रूपमा ठप्प भएको छ । अहिले सो क्षेत्रका स्थानीयहरु चरिकोट हुँदै झमार्सीसम्म मात्र एउटा सवारीसाधनमा जाने गरेका छन् । त्यसपछि खोलाको पारी पुगेर अर्को सवारीको साधन प्रयोग गरेर तीन पालिकाका स्थानीय जान बाध्य भएका छन् । उनीहरुले वीचमा सामान ओसारपसार गर्न अन्य मजदुर प्रयोग गर्न बाध्य भएको उनीहरुको भनाई रहेको छ । कालिञ्चोक गाउँपालिका–४ का वडाअध्यक्ष दिपक खुलालका अनुसार पहिरोकै कारण यस भेगका २२ वडाका करिव ५० हजार स्थानीयको जनजीवन प्रभावित बनेको छ । जलविद्युतको हव क्षेत्र रहेको यस क्षेत्रमा निर्माणधीन जलविद्युत् आयोजनाको ढुवानी पनि पूर्ण रूपमा प्रभावित बनेको छ। पहिरोले सडक अवरुद्ध भएपछि आयोजना निर्माणको लैजाने समानमा लैजान पनि कठिन भएको छ। विरामी बेक्ने एम्बुलेन्सले समेत वैकल्पिक रूपमा बिरामीलाई झमार्सीमा यात्रीहरू साटासाट गरेर स्वास्थ्य संस्थाका लैजाने गरेका छन् ।
सडक डिभिजन कार्यालय चरिकोटले भदौ ५ गतेभित्र अस्थायी रुपमा सडक खुलाउनको लागि निरन्तर निर्माण कार्य गरिरहेको डिभिजन सडक कार्यालय दोलखाका इन्जिनियर भरत श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सडक खुलाउन फास्टट्रयाकमा कार्यालयले २० लाख बराबरको ठेक्का आव्हान गरेकोे थियो । कार्यालयको आव्हान ठेक्का अनुसार हाल दोलखाको गौरीशंकर गाउँपालिकाको आधुनिक सप्लायर निर्माण सेवाले सो सडक निर्माणको लागि ठेक्का पारी निर्माण कार्यलाई तीब्र काम गरिरहेको उहाँको भनाई रहेको छ । बोलपत्रको शर्त अनुसार १५ दिनको समयसीमा सडक खुलाउने गरी निर्माण व्यवसायीले काम गरिरहेको उहाँले जानकारी दिनु भयो । त्यस्तै छिटोभन्दा छिटो सडक निर्माण गर्नको लागि कालिञ्चोक गाउँपालिकाले ढुंगा, जनशक्ति सबै प्रयोग गर्नको लागि पहल गरिरहेको कालिञ्चोक गाउँपालिका उपप्रमुख कुल बहादुर बुढाथोकीले बताउनु भयो । उहाँका अनुसार पहिरो गएको क्षेत्रमा भु–भाग कमजोर रहेकोले सडकमा जुन बेला पनि क्षति पु¥याउने भएकाले बैकल्पिक मार्ग निर्माण गर्नु पर्ने अबस्था रहेको छ । त्यसका लागि स्थानीय सरकारले अन्य सरोकारवालाहरुलाई आग्रह गरिरहेको उहाँको भनाई रहेको छ ।

Shares

Be the first to comment on "झमार्सीमा गएको पहिरोले सडकमा क्षति पु¥याएपछि दोलखाको उत्तरी क्षेत्रका स्थानीय प्रभावित"

Leave a comment

Your email address will not be published.


*