ज्योति लाइफद्धारा बीमाको रकम हस्तान्तरण

चरिकोट (दीस)ः ज्योति लाईफ इन्स्योरेन्स कम्पनी चरिकोट शाखाले बीमाको रकम मृतकको परिवारलाई हस्तान्तरण गरेको छ । दोलखाको बैतेश्वर गाँउपालिका वडा नं ६ का मृतककी श्रीमती तुलसा आचार्य घिमिरेलाई उक्त बीमा बापतको रकम भुक्तानी गरिएको दोलखाका शाखा प्रमुख चुडा श्रेष्ठले बताउनु भयो । मृतक हेमराज घिमिरेले दुई लाख बिमांक रकमको ज्योति सुरक्षित बचत जीवन बिमा योजनामा १५ बर्षको लागि बीमा गर्नुभएको थियो। मृतक घिमिरेको भदौमा वैदेशिक रोजगारको क्रममा कुवेतमा मृत्यु भएको थियोे । उक्त मृत्यु बापतको दाबी भुक्तानी सोमबार कार्यक्रमको बीच ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका चरिकोट शाखाका प्रमुख चुडा बहादुर श्रेष्ठले स्व.हेम राज घिमिरेको श्रीमती तुलसा आचार्य घिमिरेलाई चेक हस्तान्तरण गर्नुभयो।

Shares

Be the first to comment on "ज्योति लाइफद्धारा बीमाको रकम हस्तान्तरण"

Leave a comment

Your email address will not be published.


*