ज्येष्ठ नागरिक दिवसको अवसरमा दोलखामा रक्तदान

चरिकोट (दीस) – ३० औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा दोलखामा रक्तदान भएको छ । सदरमुकाम चरिकोटमा भएको रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् । कोराना भाइरस (कोभिड १९) को संक्रमणका कारण रगत अभाव हुन नदिनको लागि रक्तदान आयोजना गरिएको हो । योगदान राष्ट्रको लागि फाउण्डेशनको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको समन्वयमा भएको रक्तदान कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले स्वस्थ तथा निरोगी बन्नको लागि रक्तदान गर्न आग्रह गरे । जिल्लामा रगत अभाब नहोस रक्तदान कार्यक्रम भईराखेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाका सभापति गोकर्ण पोखरेलले बताए ।
कार्यक्रम योगदान राष्ट्रको लागि फाउण्डेशन जिल्ला कार्यसमिति दोलखाका संयोजक राजु थापाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यसमितिका पदाधिकारी तथा स्थानीय तथा संघ संस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो ।

 

Shares

Be the first to comment on "ज्येष्ठ नागरिक दिवसको अवसरमा दोलखामा रक्तदान"

Leave a comment

Your email address will not be published.


*