ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने

दीक्षण समाचार
चरिकोट, माघ २९
दोलखामा ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई कोभिड १९ विरुद्धको तेस्रो अर्थात् बुस्टर मात्रा खोप दिइने भएको छ । माघ २७ गते बसेको जिल्ला कोभिड १९ खोप समन्वय समितिको बैठकको निर्णयानुसार २०७८ साउन मसान्त भित्र दोस्रो मात्रा खोप लगाइसकेका ज्येष्ठ नागरिकहरूलाई बुस्टर डोज लगाउने कार्यक्रम तय भएको हो । स्वास्थ्य कार्यालयले निर्णय गरिएको सम्बन्धमा सूचना जारी गर्दै फागुन ३ र ४ गते भीमेश्वर नगरपालिका, कालिञ्चोक गाउँपालिका, बिगु गाउँपालिका, गौरीशंकर गाउँपालिका र सैलुङ गाउँपालिकामा बुस्टर डोज खोप कार्यक्रम सञ्चालन हुने छ । फागुन ५ र ६ गते जिरी नगरपालिका, मेलुङ गाउँपालिका, तामाकोसी गाउँपालिका र बैतेश्वर गाउँपालिकामा खोप कार्यक्रम चल्ने कार्यालयले जनाएको छ । पहिलो र दोस्रो मात्रा खोप लगाएको कार्ड साथमा लिई तोकिएको खोप केन्द्रमा आएर खोप लगाउन कार्यालय प्रमुख अर्जुन पौडेलले अनुरोध गर्नुभयो । साथै यस अघिका खोप अभियानमा १८ वर्ष उमेर पुगेका व्यक्तिहरूले पहिलो र दोस्रो मात्रा खोप लगाउन छुटेको भएमा यसैपालिको कार्यक्रममा खोप लगाउनु हुन समेत उहाँले अनुरोध गर्नुभयो । 

 

Shares

Be the first to comment on "ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने"

Leave a comment

Your email address will not be published.


*