ज्येष्ठ नगरिकलाई ईलेक्ट्रिक जग तथा थर्मस वितरण

चरिकोट(दीस)ः मेलुङ गाउँपालिका वडा नम्बर एक पवटीका ज्येष्ठ नागरिकलाई इलेक्ट्रिक जग तथा थर्मस वितरण वितरण गरिएको छ । विहिवार ज्येष्ठ नागरिकहरुलाई एक कार्यक्रमको आयोजना गरी ति सामग्रीहरु गाउँपालिका प्रमुख हिरा थोकर तथा उपप्रमुख गायत्री आचार्यले वितरण गर्नु भएको हो ।
वडा नं १ का १ सय सत्र जना जेष्ठ नागरिक तथा ५० जना अपाङ्गहरुलाई चालु आवको स्वीकृत कार्यक्रम अुनसार इलेक्ट्रिक जग तथा थर्मस वितरण गरिएको मेलुङ गाउँपालिका वडा नम्बर १ वडा कार्यालयले जानकारी दिएको छ । गाउँपालिकाका सबै वडाहरुका ज्येष्ठ नागरिकहरुलाई सो सामाग्रीहरु वितरण गरिने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "ज्येष्ठ नगरिकलाई ईलेक्ट्रिक जग तथा थर्मस वितरण"

Leave a comment

Your email address will not be published.


*