ज्येष्ठजनलाई ब्ल्याङकेट तथा हर्लिक्स वितरण

बाबुराम शर्मा –आप्mना ७० वर्षदेखि माथिका शेयर सदस्यलाई घरदैलो भेटघाटमार्फत यो संस्थागत सहयोग गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत दीपक बस्नेतले जानकारी दिनु भयो ।
उहाँका अनुसार संस्थामा सदस्य रहेका ८० वर्ष माथिका ४४ जना र ७० वर्षमाथिका १४४ जना जेष्ठ नागरिकलाई संस्थाको सामाजिक उत्तरदायित्व अनुसार एउटा ब्ल्याङकेट र आधा केजिको हर्लिक्स घरघरमा पुगेर वितरण गरिएको हो । सामान वितरण गरिनुका साथै उहाँहरुको स्वास्थ्य स्थितिबारे जानकारी पनि लिइएको छ ।
आप्mनो सम्पत्ति भएर पनि पारिवारिक हेरचाह कम भई चिसोमा कठ्याङिग्रएर बस्नु परेको र एक मुठी तातो समेत नपाउँदा निराश बनेका ज्येष्ठजनहरुलाई शरीर तातो बनाउन ब्ल्याङकेट तातो पिउन हर्लिकस वितरण गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत बस्नेतले स्पष्ट पार्नु भयो ।
भीमेश्वर नगरपापिलका–५ माटीका १०१ वर्षे सदस्य टेकबहादुर थापाले सहकारीले सरकार र परिवार समेतले गर्न नसकेको तर सहकारीले गरेको यो प्रोत्साहन प्रशंसनीय भएको खुसी व्यक्त गर्दै भन्नु भयो, गाउँगाउँमा तातो कपडा लाउन नपाएर चिसोले कठ्याङिग्रएर बस्न बाध्य छन् ज्येष्ठ जन । एक मुठी तातो पिउन नपाएर जीवदेखि नै निरुत्साहित बनेका पनि छन् । उनीहरुका लागि यो सहयोग वरदान सावित भएको छ ।
त्यसै गरी भीमेश्वर नगरपालिका–८ बोचका ८५ वर्षीय नरबहादुर रेग्मी, भीमेश्वर नगरपालिका–२ दोलखा बजारका ठूली कान्छी प्रधान समेतले खुसी प्रकट गर्दै सहकारी जेष्ठ सदस्यको सहारा बनेर समुदायमा संस्थागत हुन सकोस् भन्ने आशिर्वाद तथा शुभकामना दिनु भयो ।
हरेक जेष्ठ सदस्यको घरघरमा पुगी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने र संस्थागत विकासमा सल्लाह सुझाव लिने समेत उद्देश्यका साथ संस्थाले विगत तीन वर्षदेखि जेष्ठ सदस्य घरदैलो कार्यक्रम सञ्चालन गर्दै आएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले नागरिक प्रतीक्षालय निर्माण, रक्तदान, असहाय सन्तति छात्रवृत्ति वितरण, चाडपर्वमा असहाय नागरिकलाई खाद्यन्न सहयोग गर्दै आएको प्रमुख कार्यकारी अधिकृत बस्नेतले जानकारी दिनु भयो ।

Shares

Be the first to comment on "ज्येष्ठजनलाई ब्ल्याङकेट तथा हर्लिक्स वितरण"

Leave a comment

Your email address will not be published.


*