ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा चारजनाको मृत्यु भएको छ । चारजना एकै ठाउँ पर्साको वीरगञ्जका रहेका छन् ।

पर्साको वीरगञ्ज श्रीपुरका ५६ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ । गण्डक अस्पतालमा उपचारका क्रममा रहेका ती पुरुषको गएराती मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पर्साको वीरगञ्ज १६ का ३५ वर्षीय पुरुषको पनि गण्डक अस्पतालमै मृत्यु भएको छ । १३ गतदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेका ती पुरुषको पनि गएराती नै मृत्यु भएको हो ।

वीरगञ्ज २ का ६५ वर्षीय पुरुषको पनि कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । उनको मृत्युपछि कोरोना पुष्टि भएको गण्डक अस्पतालले जनाएको छ ।

त्यस्तै पर्साको वीरगञ्ज ११ घर भएर ललितपुरमा बस्ने ६५ वर्षीया महिलाको पनि मृत्यु भएको छ । ती महिलाको आज उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । उनी साउन ६ गतेदेखि उपचाररत थिइन् ।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ । देशभर संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ ।

संक्रमितमध्ये १४ हजार ३ सय ९९ जना उपचारपछि घर फर्किएका छन् भने ५६ जनाले ज्यान गुमाएका छन् ।

Shares

Be the first to comment on "ज्यान गुमाउनेको संख्या ५६ पुग्यो"

Leave a comment

Your email address will not be published.


*