जोशी नभए को हुन्छन् नयाँ प्रधानन्यायाधीश ?

साउन १५, २०७५

काठमाडौं–संसदीय सुनुवाइ समितिमा भएको विवादमा नाटकीय परिवर्तन आए दीपकराज जोशी प्रधानन्यायाधीश हुने सम्भावना अझै पनि छ । तर, समितिले उनलाई अस्वीकृत गरेमा वा त्योभन्दा अघि राजीनामा दिएमा नयाँ प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले सिफारिस गर्नुपर्नेछ ।
आजको नयाँ पत्रिका लेख्छ–यसका लागि सर्वोच्चका वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्र बलियो दाबेदार हुनेछन् । मिश्र प्रधानन्यायाधीश भएमा कार्यकाल जम्मा पाँच महिनाको हुनेछ । १८ पुसमा अवकाश पाउने मिश्रपछि अर्का न्यायाधीश चोलेन्द्रशमशेरका लागि बाटो खुल्नेछ ।

तर, जोशी अनुमोदन भएमा मिश्र प्रधानन्यायाधीश हुने सम्भावना स्वतः समाप्त हुनेछ । किनकि उमेरका कारण जोशीले २४ असोज ०७६ सम्म प्रधानन्यायाधीश हुन पाउँछन् । तर, त्यसअघि नै मिश्रले १८ पुस ०७५ मा अवकाश पाइसकेका हुनेछन् ।

जोशी प्रधानन्यायाधीश भएमा चोलेन्द्रशमशेर राणाले २४ असोज ०७६ मा मात्र प्रधानन्यायाधीशको पालो पाउन सक्छन् । तर, अहिले नै जोशीको सट्टा मिश्र आएमा आगामी पुसमै चोलेन्द्रशमशेरको पालो आउँछ ।

Shares

Be the first to comment on "जोशी नभए को हुन्छन् नयाँ प्रधानन्यायाधीश ?"

Leave a comment

Your email address will not be published.


*