जेष्ठ सदस्यहरुलाई टर्चसगैँ टेक्ने लठ्ठी

चरिकोट/ईस्वर विक –दोलखाको मिलीजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ४ सय भन्दा बढी जेष्ठ सदस्यरुलाई शनिबार टर्च र टेक्ने लठ्ठी वितरण गरेको छ । संस्थाको २७ औँ वार्षिक स्थापना तथा कारोबार सञ्चालन दिवसको अवसरमा ७० वर्ष पुगेका जेष्ठ सदस्यहरुलाई टर्च र लठ्ठी वितरण गरिएको हो ।संस्थामा सदस्य बनी १० वर्ष नियमित बचत गरेका ७० पुगेका जेष्ठ सदस्यहरुलाई नगद २ हजार ४ सय सहित टर्च र लट्ठी वितरण गरिएको संस्थाका अध्यक्ष नारायण श्रेष्ठले बताए ।  बुढेसकालमा लठ्ठीको आवश्यकता पर्ने भएकाले सहयोग स्वरुप ७ सेवा केन्द्रबाट लठ्ठीसँगै टर्च पनि वितरण गरिएको उनले बताए । नाम्दु, फस्कु, मागादेउराली, बोच, सुनखानी, बाबारे, सिँगटीबाट संस्थाका जेष्ठ सदस्यहरुलाई टर्च र लठ्ठी वितरण गरिएको संस्थाका कार्यकारी अधिकृत ईस्वर न्यौपानेले बताए ।संस्थाको कार्यक्षेत्र रहेको विभिन्न वडामा २ वटाका दरले स्ट्रेचर वितरण गरिएको छ । जसले स्वास्थ्य सेवामा अझ पहुँच पुग्ने न्यौपानेको भनाई रहेको छ । संस्थाले पहिलो पटक एटिएम कार्ड सेवाको पनि सुरु गरेको छ । संस्थाले १ हजार थान एटिएम कार्ड तयार पारेर सो सेवा दिन सुरु गरेको हो । दोलखामा एटिएम सेवा सुरु गर्ने पहिलो सहकारी मिलीजुली भएको छ । एटिएम सेवा तत्काल नभई करिब १५ दिनपछि सुचारु गरिने उनले बताए । हाम्रो रेडियोको हलमा आयोजित सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले सहकारीले प्रतिस्पर्धी नभई सहयोगी र एकिकृत भई समावेशी ढँगले जनहितमा काम गर्नुपर्ने बताए ।साथै उनले तीनैवटा सरकारलाई सफल बनाउन सहकारीको महत्वपुर्ण भुमिका हुने बताए ।त्यसैगरी जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईँले बचत आजको निम्ती मात्रै नभई बुढेसकालको सहारा भएको बताए ।कार्यक्रममा संस्थालाई राष्ट्रिय स्तरमा पहिचान गराउन सहयोग गरेको भन्दै कालिञ्चोक सामुदायिक एफएमलाई सम्मान गरिएको छ । त्यसैगरी सहकारी क्षेत्रमा कलम चलाएको भन्दै पत्रकार चिरञ्जीवी मास्केलाई सम्मान गरिएको छ । साथै संस्थाका पूर्वकर्मचारी, पूर्व सञ्चालक, बहालवाला कर्मचारी, नियमित सदस्य, दैनिक बचत कर्ता, बाल सदस्यलाई सम्मान गरिएको छ ।
कार्यक्रममा दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जीवस राज खड्का, संस्थाका संस्थापक अध्यक्ष रामदास श्रेष्ठ, अध्यक्ष नारायण बहादुर श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Shares

Be the first to comment on "जेष्ठ सदस्यहरुलाई टर्चसगैँ टेक्ने लठ्ठी"

Leave a comment

Your email address will not be published.


*