जेष्ठ नागरिकहरूलाई वडाको उपहार

दोलखा । दोलखाको भिमेश्वर नगरपालिका वडा नं ४ स्थित जिलुमा जेष्ठ नागरिकहरूलाई इलेक्ट्रोनिक्स जग र स्टिल थर्मस वितरण गरिएको छ। वडाका ७५ वर्ष माथिका जेष्ठ नागरिकहरूलाई १ थान पानी तताउने इलेक्ट्रोनिक्स जग र १ थान स्टिल थर्मस वितरण गरेको हो । आइतबारबाट जेष्ठ नागरिकको घर घरमा पुगि उक्त सामाग्री वितरण कार्यक्रम सुरु गरिएको वडा नं ४ का वडा अध्यक्ष तारानाथ चौलागाईंले जानकारी दिनुभयो। जेष्ठ नागरिक तथा जेष्ठ एकल महिला स्वास्थ्य सामाग्री सहायतामा वडा को बजेट रु.१ लाख ५० हजुर मार्फत १०० जनालाई वितरण गरिएको अधक्ष्य चौलागाईंले बताए। स्वच्छ पिउने पानीले धेरै रोगहरु बाट बच्न सकिने र जेष्ठ नागरिकको जीवन रक्षा गर्न सकिने भन्दै भन्दै वडाले जेष्ठ नागरिक लक्षित स्वास्थ्य कार्यक्रम ल्याएको वडा अध्यक्ष चौलागाईंको भनाइ छ। आफ्नो वडाले घरमा आइ जेष्ठ नागरिक लक्षित कार्यक्रम गरि जेष्ठ नागरिकहरूलाई सामग्री वितरण गरेको मा यस वडामा जेष्ठ नागरिक हर्षित भएका छन्।

Shares

Be the first to comment on "जेष्ठ नागरिकहरूलाई वडाको उपहार"

Leave a comment

Your email address will not be published.


*