जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम

मकवानपुर, ६ जेठः वागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । सभामुख भुवनकुमार पाठकले आज रासससँग कुरा गर्दै उक्त जानकारी दिनुभएको हो । बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न दलहरूको सहमति रहेको उहाँले बताउनुभयो । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुनेछ । सभामुख पाठकले आजको प्रदेशसभा बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷८२ को विनियोजित बजेटका सैद्धान्तिक पक्ष र योजनाको प्राथमिकताका विषयमा छलफल हुने जानकारी दिनुभयो । बजेटको सैद्धान्तिक पक्षमा भोलि पनि छलफल हुनेछ । –––

Shares

Be the first to comment on "जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम"

Leave a comment

Your email address will not be published.


*