जुवासँग खेलेमा कस्तो सजाय छ त ?

चरिकोट (दीक्षण समाचार )
कात्तिक १३
भदौ १ गतेबाट लागू हुने नयाँ मुलुकी संहिता ऐनले समाजमा बढ्दो विकृतिलाई लगाम लगाउन अपराधको सीमामात्र बढाएको छैन, २०२० सालको मुलुकी ऐनले गरेको व्यवस्थामा अझ कडाइ पनि गरेको छ । जुवासँग सम्बन्धित विषयलाई पनि थप दन्डनीय बनाइएको छ । जुवालाई अपराध मानिएको छ । त्यस्तो कर्ममा लागेकाहरुलाई प्रहरीले पक्राउ गरेपनि फितलो दन्ड व्यवस्थाका कारण नगन्य जरिवानमा छुट्ने गरेका छन् । बरु, निर्धक्क जुवा खेल्नेहरु बढेको देख्नरसुन्न पाइन्छ ।जुवा खेल्ने लतकै कारण कतिपय व्यक्तिको घरबार बिग्रेको उदाहरण प्रशस्तै छन् ।तर, अब लागू हुने नयाँ मुलुकी अपराध (संहिता) ऐनमा भने जुवा खेल्नेरखेलाउने दुवैलाई कडा सजायको व्यवस्था गरेकाले गरेको छ । पहिला जुवा खेल्नेरखेलाउनेलाई २०० रुपैयाँ जरिवाना र केही दिन हिरासतमा बसे पुग्नेजस्तो फितलो कानुन रहेकामा भदौ १ गतेदेखि भने जुवा खेल्नेरखेलाउनेलाई तीन महिना कैद र ३० हजार रुपैयाँ जरिवाना हुनेछ ।त्यस्तै, दोस्रोपटक जुवा खेलेरखेलाएको पाइएमा एक वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना र पटक–पटक पक्राउ परेमा पटकैपिच्छे थप तीन महिना कैद र १० हजार रुपैयाँसम्म जरिवाना गरिनेछ ।नयाँ व्यवस्थाले आफू खालमा नरहे पनि अरुको हार वा जितमा आफूले कुनै चल–अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी थापेको बाजी वा च्याँखेलाईसमेत समेटेको छ ।नयाँ ऐनले सट्टाबाजी गर्नेरगराउनेलाई निरुत्साहित गराउन उस्तै दन्डनीय बनाउँदै त्यस्तामा संलग्न हुनेलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्मको जरिवानाको व्यवस्था गरिएको छ ।

Shares

Be the first to comment on "जुवासँग खेलेमा कस्तो सजाय छ त ?"

Leave a comment

Your email address will not be published.


*