जुम्ला जिल्लामा कार्यरत दोलखाका एक युवालाई कोरोना पुष्टी

चरिकोट(दीस) । कर्णाली प्रदेशको जुम्ला जिल्लामा कार्यरत दोलखाका एक युवालाई कोरोना पुष्टी भएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराइएका हुन् ।
दोलखाको तामाकोशी गाउँपालिका–५, शहरेका एक २५ बर्षिय युवामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।जुम्ला जिल्लामै संकलन गरिएको स्वाबको शुक्रबार प्राप्त रिपोर्टअनुसार ति युवामा संक्रमण पुष्टि भएको हो ।

थप २ सय ७८ जनामा कोरोना संक्रमण

शुक्रबार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कुल संक्रमितको संख्या २९ सय नाघेको छ । शुक्रबार एकै दिन दैलेखमा ९१ जना, कपिलवस्तुमा ४४ जना, प्रदेश १ मा ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।

Shares

Be the first to comment on "जुम्ला जिल्लामा कार्यरत दोलखाका एक युवालाई कोरोना पुष्टी"

Leave a comment

Your email address will not be published.


*