जुनतारा कृषि सहकारी संस्था लिमिटेडको ११ औँ वार्षिक साधारण सभा सुभारम्भ

अनिल दहाल, चरिकोट –दाेलखा जिल्ला भिनपा स्थित जुनतारा कृषि सहकारी संस्था लिमिटेडको ११ औँ वार्षिक साधारण सभा सुभारम्भ गरिएको छ ।संस्थाकाे साधारण सभा भिनपा वडा नम्बर ३ का वडा अध्यक्ष हरिशरण शिवाकोटीले उद्३घाटन गर्नुभएको थियो ।
सभामा संस्थाकी सचिव पार्वती श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष सुनिल श्रेष्ठले ४ करोड ६४ लाख ३ सय ५० रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरि लेखा सुपरिवेक्षण समितिका संयोजक पहल बहादुर थामीले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभाको अवसरमा उत्कृष्ट विभिन्न ब्यतिहरूलाई सम्मान गरिएको छ । उत्कृष्ट दैनिक ऋणी तर्फ सुवास श्रेष्ठ, मासीक ऋणी तर्फ सीता राउत, उत्कृष्ट मासीक बचतकर्ता विष्णुमाया श्रेष्ठ, दैनिक बचतकर्ता मैयाँ श्रेष्ठ, उत्कृष्ट शेयर खरिदकर्ता विष्णुमाया बुढाथोकी, बाल शेयर सदस्यमा दैनिक बचतकर्ता अर्नव श्रेष्ठ र मासीक बचतकर्ता तर्फ दिपज्ञा श्रेष्ठलाई सम्मान गरिएको थियो ।त्यसैगरि आजै भीमेश्वर नगरपालिका वडा नम्बर ३ को नागीमा क्षेत्रीय साधारण सभा सम्पन्न गरिएको छ । नागीमा आयोजीत साधारण सभामा उत्कृष्ट बचतकर्ता चन्दमाया श्रेष्ठलाई सम्मान गरिएको थियो । पौष ४ गते सम्म संस्थाको क्षेत्रगत साधारण सभा जारी रहनेछन् भने साधारण सभामा प्रस्तुत गरिएका प्रतिवेदन उपर घरदैलो कार्यक्रम र कार्यालयमा नै आई सुझाव संकलन तथा प्रदान गर्न सकिनेछ ।साधारण सभा सुभारम्भ कार्यक्रम संस्थाका अध्यक्ष प्रविण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो

Shares

Be the first to comment on "जुनतारा कृषि सहकारी संस्था लिमिटेडको ११ औँ वार्षिक साधारण सभा सुभारम्भ"

Leave a comment

Your email address will not be published.


*