जीर्ण भएको सरकारी भवन अझै भत्काइएन

चरिकोटः सदरमुकाम चरिकोटमा रहेको तत्कालिन कृषि विकास कार्यालयको एउटा भवन आम विनाशकारी भूकम्पमा परी जीर्ण बनेको छ । जिल्लाका प्रायः सबै सरकारी कार्यालयको निर्माण भइसक्दा पनि यो भवन भने अझै पूनर्निर्माणको त कुरै छोडौ भत्काउने समेत काम भएको छैन ।
संघियता पछी कृषि विकास कार्यालय रामेछापमा सरेर गएपछि यो घर बेवारिसी बन्न पुगेको छ । कृषि ज्ञान केन्द्र रामेछापको सम्पर्क कार्यायको भवन सोही जीर्ण भवन नजिकै चलिरहेको छ । सो कार्यालयमा केहि सल्लाह लिन आउँदा समेत घरढलेर चेप्छकी भन्ने त्रास हुने गरेको भीनपा एककी कृषक मुनु थामीले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको चरिकोट सम्पर्क कार्यालयका सहयोगी कर्मचारी गोविन्द चौलागाई र वेदप्रसाद सापकोटाले भवन नजिकै मंगलबार दिउँसो झाडी सफा गर्दा गर्दै भवनको दक्षिण तर्फको गाह्रो भत्किएपछि सो घर निकटबाट आवत जावत गर्न समेत मानिसहरु डराउन थालेका छन् । भवन छिटो भत्काउनु पर्ने स्थानीयहरुको माग रहेको छ ।

Shares

Be the first to comment on "जीर्ण भएको सरकारी भवन अझै भत्काइएन"

Leave a comment

Your email address will not be published.


*