जिसस दोलखाको प्रवक्तामा तामाङ

दीक्षण समाचार
चरिकोट, असार ९
जिल्ला समन्वय समिति दोलखाको बिहीबार सम्पन्न दोस्रो बैठकले प्रवक्ता चयन गरेको छ । बैठकले जिससको आधिकारिक धारणा तथा जानकारी सार्वजनिक गर्न जिसस सदस्य अनिल कुमार तामाङलाई प्रवक्तामा चयन गरेको हो । प्रवक्ता तामाङले जिससको धारणा तथा बैठकमा भएका निर्णयहरू व्यवस्थित तवरबाट जनता समक्ष सार्वजनिक गरिने बताउनुभयो । समन्वय र सहकार्यका साथ जनता सामु जिससका धारणा सार्वजनिक हुने उहाँले बताउनुभयो । तामाङ नेपाली कांग्रेसको तर्फबाट जिसस सदस्यमा निर्वाचित हुनुभएको थियो ।

Shares

Be the first to comment on "जिसस दोलखाको प्रवक्तामा तामाङ"

Leave a comment

Your email address will not be published.


*