जिससको भुमिका अनुसार काम भएको छ –पाण्डे

चरिकोट । जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले संविधान अनुरुप जिल्ला समन्वय समितिको भुमिका फराकिलो वनाउनु पर्ने बताएका छन । जिल्ला समन्वय समिति गठन भएको १ वर्ष भएको अवसरमा पत्रकार भटेघाट कार्यक्रममा बिहिवार उनले सो बताएका हुन । संविधानले प्रदेश सरकारको कानुन अनुसार जिल्ला समन्वय समितिको अधिकार उल्लेख हुने कानुनी व्यवस्था भएकोले प्रदेश सरकारले जिजिसको भुमिका बढाउनु पर्ने पाण्डेले बताए ।
नेपालको संविधानको धारा २२० को उपधारा ७ वमोजिम निर्दिष्ट गरेको सिद्धान्त र मान्यताको परिधिभित्र रही जिल्ला समन्वय समितीको काम, कर्तव्य र अधिकार अन्तर्गत सन्तुलित विकासको लागि प्रभावकारी अनुगमन र क्षमता विकासको काम गर्ने तथा संघ, प्रदेश र स्थानीय तहहरु वीचको समन्वय गर्ने संवैधानिक व्यवस्था गरेको प्रमुख पाण्डेको बताए ।
संविधानमा उल्लेखित काम कर्तव्य र अधिकारको अतिरिक्त स्थानीय सरकार संचालन ऐन, २०७४ मा जिल्लाभित्र सरकारी तथा गैरसरकारी क्षेत्रबाट संचालित विकासको अनुगमन, जिल्ला भित्रका नगरपालिका÷गाउँपालिकाका जनप्रतिनिधिहरुको क्षमता विकासको लागि संघ र प्रदेशसंग समन्वय एक वर्ष अवधीमा गरेको पनि पाण्डेले बताए । स्थानीय तहहरुवीच कुनै विवाद भएमा समाधानको लागि समन्वय र सहजीकरण गर्ने, गैरसरकारी तथा निजी क्षेत्रसंग समन्वय गर्ने र आवश्यक अनुसार स्थानीय तहहरुलाई सुझाव दिने कानुनी व्यवस्था गरिएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा समन्वय समितिका उपप्रमुख मनमाया जिरेल ,स्थानीय विकास अधिकारी तुलसीनाथ गौतम ,सदस्य मुरारी शिवाकोटी ,जित बहादुर श्रेष्ठ तथा अन्य जनप्रतिनिधी ,कर्मचारी तथा दोलखामा कार्यरत पत्रकारको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "जिससको भुमिका अनुसार काम भएको छ –पाण्डे"

Leave a comment

Your email address will not be published.


*