जिल्ला सहकारी संघ दोलखा नेपालकै “उत्कृष्ट संघ ” बाट सम्मानित

चरिकोट (दीसं) – जिल्ला सहकारी संघ दोलखा नेपालकै “उत्कृष्ट संघ बाट सम्मानित भएको छ । राष्ट्रिय सहकारी महासंघ नेपालले प्रत्येक वर्ष उत्कृष्ट संघको रुपमा प्रदान गरिने पुरस्कार“उत्कृष्ट संघ” २०७८ बाट सम्मानित भएको हो । सयौँ सहकारी दिवसको अवसरमा गत चैत्र २० मा घोषणा भएको पुरस्कार भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलगाई मार्फत संघलाई पुरस्कार प्रदान गर्नुभएको हो ।
ंसंस्थाको प्रबद्र्धन संस्थागत विकास, व्यवस्थापन सूचना प्रणाली लगायतका क्षेत्रमा संघले खेलेको भुमीका सकारात्मक भएकाले संघ पुरस्कृत भएको जिल्ला सहकारी संघ दोलखाका व्यवस्थापक अनिल दाहालले बताउनु भयो । दोलखामा रहेका सहकारीहरुको सहयोग तथा सहकारी संघको नेतृत्वको कुशलताले संघ पुरस्कृत भएको दहालले बताउनु भयो ।

Shares

Be the first to comment on "जिल्ला सहकारी संघ दोलखा नेपालकै “उत्कृष्ट संघ ” बाट सम्मानित"

Leave a comment

Your email address will not be published.


*