जिल्ला सहकारी संघ दोलखाको अध्यक्षमा देवीप्रसाद शर्मा फुयाल चयन

चरिकोट (दीस) ः जिल्ला सहकारी संघ लिमिटेड दोलखाको १८ औँ वार्षिक साधारणसभाबाट संघको अध्यक्षमा देवीप्रसाद शर्मा फुयाल चयन हुनु भएको छ । आज चरिकोटमा भएको साधारण सभाले उहाँलाई निर्विरोध निर्वाचित गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, महिला उपाध्यक्षमा सरुणा बस्नेत, महासचिवमा दिलबहादुर केसी र कोषाध्यक्षमा नविनकुमार खतिवडा निर्विरोध निर्वाचीत हुनु भएको छ । साधारणसभाले संघको कार्यसमितिको सदस्यमा गोपाल जिरेल, सविना भण्डारी, अप्सरा चौलागाई, सन्तोष खड्का, सिताराम उप्रेती, राजन श्रेष्ठ, हरिहर न्यौपाने,सरला सापकोटा र केदार दाहाललाई निविर्रोध निर्वाचित गरेको छ । ३ पद सचिब , लेखा संयोजक र महिला सदस्यमा भने सहमती जुट्न नसकेको निर्वाचन समितिले जनाएको छ ।
सचिबमा २ जनाको उम्मेद्वारी परेको छ । जसमा विकास चौँलागाई र मिनकुमार खड्काकाे उम्मेद्वारी परेकाे छ । लेखासमितिको संयोजक पदमा पुष्कर कुमार दाहाल र रत्नबहादुर श्रेष्ठको उम्मेद्वारी परेको छ । खुल्ला महिला सदस्यमा २ जना चाहिनेमा ३ जनाको उम्मेद्वारी परेको छ । सोही कारण ती पदमा भने सहमती जुट्न सकेको छैन ।सहमति प्रयास गरिने बताईएकाे छ।

Shares

Be the first to comment on "जिल्ला सहकारी संघ दोलखाको अध्यक्षमा देवीप्रसाद शर्मा फुयाल चयन"

Leave a comment

Your email address will not be published.


*