जिल्ला समन्वय समिति दोलखाको दोस्रो सभा सम्पन्न

चरिकोट–जिल्ला समन्वय समिति दोलखा दोस्रो सभा विहिबार चरिकोटमा स्थानीय सरकारका २४ बुदे साझा प्रतिवद्धता सहित सम्पन्न भएको छ । साझा प्रतिवद्धतामा स्थानीय सरकारले अगामी वर्ष विभिन्न क्षेत्र गरिने कार्यक्रम समेटिएको छ । दोलखाले विकास निर्माण र जिल्लाको सार्वजनिक सरोकारका बिषयमा जिल्लाका ९ वटै स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्ने उनीहरुले प्रतिबद्धता जनाएका छन ।
सभाको दोलखाका प्रतिनिधी सभाका सांसद पार्वत गुरुङले उद्धघाटन देश नयाँ अभ्यास गएको त्यसलाई सफल बनाउन सवै लाग्नू पर्ने बताए । दोलखाको समृद्धीको लागि सवै लाग्नु पर्ने त्यसको लागि सवैको सहकार्य आवस्यक रहेको बताए । त्यसैगरी प्रतिनिधी सभाका सांसद शान्ती माँया पाख्रिनले देस विकासमा महिला क्षेत्रको विकास आवस्यक रहेको बताइन । त्यसैगरी तल्लो समुदायको विकासले मात्र देश विकास हुने उनले वताइन । सभालाई प्रदेश नंम्वर ३ का तीन जना प्रदेस मन्त्री सम्वोधन गरेका थिए ।
सभामा वोल्दे प्रदेस मन्त्री हरुले दोलखाको विकासमा आफूले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । ३ नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुँगेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल र भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले आफ्नो धारण व्यक्त गरेका थिए । जिल्ला सभामा बोल्दै दोश्रो सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै जिसस प्रमुख डवल पाण्डेले विकास निर्माणको बिषय पहिचान, व्यवस्थापन तथा कार्यान्वयनमा समन्वय समितिले ९ वटै स्थानीय सरकारसँग समन्वयकारी भूमिका खेल्ने छ भने स्थानीय सरकार वीच कुनै विवाद वा समस्या आए समाधानका लागि भूमिका समेत खेल्ने छ । यस्तै जिल्ला भित्र हुने प्राकृतिक प्रकोप तथा बिपद् व्यवस्थापन सम्वन्धि योजना र कामहरु समेत समन्वय समितिले गर्ने प्रमुख पाण्डेले बताए ।
प्रदेश सभाका साँसदहरु पशुपति चौंलागाई, विशाल खड्का, सरस्वति बस्नेत र हिमाली गोले, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, पूर्व राज्यमन्त्री देवी खड्का, पूर्व जिविस उपसभापति शिवप्रसाद भण्डारी, काँग्रेस जिल्ला सभापति रुद्रवहादुर खड्का, तामाकोसी गाउँपालिकाका अध्यक्ष ईस्वरचन्द्र पोखरेल र प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Shares

Be the first to comment on "जिल्ला समन्वय समिति दोलखाको दोस्रो सभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*