जिल्ला प्रहरी कार्यालय दोलखाद्वारा मिटर व्याजी पक्राउ

चरिकोट (दीस) –जिल्ला प्रहरी कार्यालय दोलखाले एक मिटर व्याजीलाई आज पक्राउ गरेको छ । सरकारले मिटर व्याजी विरुद्ध उजुरी दिन समय तोकिएसँगै दोलखामा २ जना विरुद्ध उजूरी परेको थियो । सोही उजूरीका आधारमा जिल्ला प्रहरी कार्यालय दोलखाले काठमाडौं बस्दै आएका तेजविक्रम कार्कीलाई पक्राउ गरेको हो । कार्कीलाई ललितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख गंगाप्रसाद पौडेलले जानकारी दिनु भयो । उहाँका अनुसार तेजविक्रमले मिटरब्याज लिएको भन्दै मेलुङ गाउँपालिका–७ का एक पीडितले प्रहरीमा उजुरी दिनु भएको थियो ।
तेजले शक्ति केन्द्रको आडमा चर्को ब्याज असुल गरेर पुराना मितिका चेकमा हस्ताक्षर गराएको पीडितको जाहेरीमा छ । पक्राउ परेका तेजमाथि थप अनुसन्धान भइरहेको पौडेलले बताउनु भयो ।यो अभियानसँगै दोलखामा मिटर व्याजी विरुद्ध उजुरी आउने अपेक्षा रहेको पौडेलले बताउनु भयो ।

Shares

Be the first to comment on "जिल्ला प्रहरी कार्यालय दोलखाद्वारा मिटर व्याजी पक्राउ"

Leave a comment

Your email address will not be published.


*