जिल्ला प्रहरी कार्यालय दोलखाद्धारा २ हजार लिटर मदिरा नष्ट

ईश्वर बिश्वकर्मा चरिकोट, –दोलखा प्रहरीले विभिन्न स्थानबाट बरामद गरिएका २ हजार ५२ लिटर घरेलु मदिरा नष्ट गरेको छ । गत आर्थिक वर्ष २०७६र०७७ मा १ हजार ७ सय ९०, चालु आवमा २ सय ६२ गरि २ हजार ५२ लिटर अबैद्य घरेलु मदिरा नष्ट गरिएको हो । प्रहरीले विभिन्न मिति र स्थानमा नियमित चेक–जाँच तथा अनुगमनको गरि सो परिमाणको मदिरालाई बरामद गरि नष्ट गरेको हो । बेचबिखनका लागि एक स्थानबाट अर्को स्थानमा लैजाने क्रममा बरामद गरी मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकारी एवं प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए । घरघरमा गएर छापा मारेर मदिरा बरामद गरी नष्ट गरिएको भने होइन, सवारी साधनमा बिक्रीका लागि ओसारपसार गर्दा बरामद गरी नष्ट गरिएको उनले बताए । अबैध मदिरा ओसारपसार गर्ने मानिसलाई सम्झाई बुझाई छोडिएको उनले बताए ।

मदिराकै कारण दैनिक दर्जनौं झगडा तथा विभिन्न खालका विकृति भएका छन् । मदिराको नियन्त्रण र बिक्री वितरणमा कमी ल्याउन सकेमा मात्र समाजमा अपराधिक घटनामा पनि कमी आउने उनको विश्वास रहेको छ । व्यक्तिगत प्रयोजनको लागि कम मात्रमा मदिरा उत्पादन गर्न सकिने भएपनि व्यवसायीक प्रयोजनको लागि मदिरा उत्पादन गर्न नहुने सुचना अधिकारी एवंम प्रहरी निरीक्षक कोइरालाले बताए । चाडपर्वको लागि अतिआवश्यक भएको खण्डमा मदिरा उत्पादनको लागि केहि छुट भएपनि त्यो संस्कृतिलाई पनि क्रमशः विस्थापित गर्न तर्फ पनि सम्बन्धित समुदाय लाग्नु पर्ने दोलखाका प्रहरी प्रमुख रेवती रमण पोखरेलले बताए । मदिरा नियन्त्रणका लागि प्रहरीले मात्र सक्रियता देखाएर मात्र नहुने र यसका लागि समुदाय नै सचेत हुनुपर्ने उनको भनाई रहेको छ ।

दोलखामा कर सेवा कार्यालय सुचारु भएकोले अब उक्त कार्यालयले मदिराको नियमन गर्ने पोखरेलल बताए । त्यस्तै १४ रोपनी क्षेत्रफलमा लगाइएको करिब ४ हजार ४ सय ८ बोट गाँजा नष्ट गरेको छ । गत बर्ष २०७६र०७७ मा ९ रोपनी क्षेत्रफलमा लगाइएको १ हजार ६ सय ९३ र चालु आव ५ रोपनी क्षेत्रफलमा लगाइएको २ हजार ७ सय १५ बोट गाँजा फँडानी गरि सोही स्थानमा आगो लगाइएको हो । स्थानीयवासी, बुद्धिजीवी, भद्रभलाद्मी तथा समाजसेवीको रोहोवरमा गाँजा गर्ने गरिएको छ । गाँजा त्यतिकै उम्रिएका नभई मानिसले नै प्रयोगको लागि लगाएको पाइएको छ । गाँजा खेती गरिएको पाइएमा गाँजा खेती गर्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ । कोरोना कहरका कारण जिल्लाका विभिन्न स्थानमा अबैद्य मदिरा उत्पादन गर्ने र गाँजा खेती गरिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । परिस्थिति सहज भएको खण्डमा अनुगमन गरिने जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

Shares

Be the first to comment on "जिल्ला प्रहरी कार्यालय दोलखाद्धारा २ हजार लिटर मदिरा नष्ट"

Leave a comment

Your email address will not be published.


*