जिल्ला न्याय क्षेत्र समन्वय समितिको वैठक सम्पन्न

बाबुराम शर्मा
चरिकोट, भदौ १
न्यायिक र अर्धन्यायिक निकायबीच समन्वय गरी कामकारबाही गर्न गठित जिल्ला न्याय क्षेत्र समन्वय समितिको वैठक दुई वटा निर्णय गरी सम्पन्न भएको छ ।
मङगलबार जिल्ला अदालतको सभाकक्षमा आयोजित जिल्ला न्याय क्षेत्र समन्वय समितिको वैठकमा फैसला कार्यान्वयन निर्देशनालयको फैसला कार्यान्वयन परिपत्रको निर्देशन बमोजिम कार्य गर्ने, दुई वर्षभन्दा पुराना मुद्दाहरु न्यायिक र अर्धन्यायिक निकायहरुबीच प्रभावकारी समन्वय गरी कार्य गर्ने निर्णय भएको बताइएको छ ।
सो वैठकलाई सम्बोधन गर्दै समिति अध्यक्ष एवम जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले समन्व र सहकार्य गरी उत्पन्न समस्याहरलाई निराकरण गर्नुपर्नेमा जोड दिँदै भन्नु भयो, स्वतन्त्र भनिए पनि अदालत विभिन्न खाले सबुद प्रमाणका लागि परनिर्भर रहेको छ । यिनै सबुद प्रमाण समयमै उपलब्ध हुन नसक्दा निर्धारित समयमा मुद्दा फस्र्योट हुन सकिरहेका छैनन् । उचित न्याय दिलाउन सबैको सहयोग चाहिएको छ ।
न्यायिक र अर्धन्यायिक दुवै निकायले एक अर्कामा समन्वय गरी छिटो छरितो न्याय दिलाउन लाग्नुपर्ने समिति सदस्य एवम प्रमुख जिल्ला अधिकारी भोजाराज खतिवडाले बताउनु भयो ।
अदालत तथा जिल्ला स्थित न्यायिक निकायको काम कारबाहीलाई सुव्यवस्थित ढङगले सञ्चालन गर्न, जिल्ला तहका विभिन्न निकायहरु बीचको काम कारबाहीमा समन्वय गरी न्यायपालिकाको रणनीतिक योजना, फैसला र आदेशको कार्यान्वयनका लागि सहयोग जुटाउन र अदालतको सुरक्षा व्यवस्थालाई समेत समन्वय गर्न गठित सो समितिको अध्यक्ष जिल्ला न्यायाधीश, सदस्यहरुमा प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधीवक्ता, प्रहरी प्रमुख, तहसिल्दार, अध्यक्ष बार इकाई, कारागार प्रमुख, मालपोत अधिकृत, जिल्ला समन्वय अधिकारी र श्रेस्तेदार सदस्य सचिव रहने व्यवस्था रहेको छ ।

Shares

Be the first to comment on "जिल्ला न्याय क्षेत्र समन्वय समितिको वैठक सम्पन्न"

Leave a comment

Your email address will not be published.


*