जिल्ला ट्राफिक प्रहरी कार्यालयद्धारा ५७ लाख राजस्व संकलन

चरिकोट (दीस) – दोलखामा गत आर्थिक बर्ष जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले ५७ लाख ७० हजार ५ सय राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार सो आर्थिक बर्ष दोलखामा ६ हजार ७ सय १७ वटा सवारीसाधनलाई कारवाही गरेको छ । कारबाहीमा परेका मध्ये सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन् । बिना लाइसेन्सका चालकलाई कडाइका साथ कारबाही जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख भानुभक्त नेपालले बताउनु भयो । उनका अनुसार कागजपत्र नबोकेका, लाइसेन्स नभएका, क्षमताभन्दा बढि यात्रु बोक्ने तथा मालसमान ढुवानी गर्ने र पटकपटक ट्राफिक नियम उल्लंघन गर्दै आएका सवारीसाधन कारबाहीमा परेका छन् । सडकमा सवारीको चाप बढे पनि सवारी दुर्घटना र मृत्यु हुनेको संख्यामा कमी आएको नेपालले उहाँको भनाई रहेको छ । कार्यालयले आव ०७५÷७६ मा ४२ लाख २० हजार तथा आव ०७६÷७७ मा ३३ लाख २६ हजार ५ सय राजस्व संकलन गरेको छ ।

Shares

Be the first to comment on "जिल्ला ट्राफिक प्रहरी कार्यालयद्धारा ५७ लाख राजस्व संकलन"

Leave a comment

Your email address will not be published.


*