जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले कोरोनाबाट बच्न चालकलाई दियो सचेतना

चरिकोट (दीसं ) –जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले कोरोना भाइरसको बारेमा चालकलाई सचेतना अभियान सुरु गरेको छ । सार्वजनिक यातयातका

यात्रु तथा चालकलाई कोराना भाइसबाट कसरी बच्ने भनेर सचेत गराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख गोकर्ण नेपालले बताए ।

हाल सम्म सय भन्दा बढी चालकलाई कोरोनाको बारेमा सचेत गराइएको उनले बताए ।सार्बजनिक सवारी साधनका चालक , सवार यात्रु लगायत स्थानीय हरु लाई कोरोना विरुद्धका विभिन्न किसिमका पर्चा पम्लेट दिएर अभियान सुरु गरिएको नेपालले जानकारी दिए।

त्यसै गरि कार्यालयले कोरोना बाट कसरी बच्ने र सुरक्षित यात्रा गराउनका लागि एकपटकमा १० जना सवारी चालकलाई चेतनामूलक कक्षा सन्चालन गर्दै आएको नेपालले बताए

Shares

Be the first to comment on "जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले कोरोनाबाट बच्न चालकलाई दियो सचेतना"

Leave a comment

Your email address will not be published.


*