जिल्ला अदालत दोलखामा सिसी क्यामारा जडान

बाबुराम शर्मा (दीस) –दोलखा जिल्ला अदालतले श्रेस्तेदारसहितका प्रत्येक फाँट र परिसरकोगेटमा समेत १३ वटा सिसी क्यामेरा जडान गर्न लागेको छ । पारदर्शिता, जबाफदेहिता, सुरक्षा तथा सेवाग्राही समेतको आशा भरोसाका ठाउँ सावित गर्न पनि सिसी क्यामेरा जडान गर्न लागिएको श्रेस्तेदार शिवकुमार पोखरेलले जानकारी दिनु भयो । उहाँका अनुसार अहिले श्रेस्तेदार, मुद्दा,तहसिल लगायतका आवश्यकीय स्थानमा सिसी क्यामेरा जडान गरिएको छ । यसलाई आवश्यकताका आधारमा थप्दै लैजाने लक्ष्य रहेको छ । पहिलेका दुई र अहिले १३ गरी १५ वटा सिसी क्यामेरा जडान हुने छन् । मेसेनरी औजार शीर्षक अन्तर्गतको पाँच लाख रुपियाँ बजेटबाट यो काम भएको हो । यसैबाट आवश्यक कम्प्युटर, प्रिन्टर समेत खरिद गरिएको छ । अदालत दण्ड जरिबाना गर्ने ठाउँ हो भन्ने मानसिकतालाई न्याय दिने ठाउँ हो भन्ने महसुस गराउनु आजको आवश्यकता हो । श्रेस्तेदार पोखरेलले भन्नु भयो, कार्यलाई बदल्ने व्यवस्थापन पनि रहेछ । मुस्कान सहितको सेवा दिन कर्मचारी र सेवाग्राहीलाई रमाइलो स्थानले पनि प्रभाव पार्ने रहेछ । केही छिनलाई भए पनि मुद्दाको तनाब घटाउन र मन बहलाउन सकोस् भनेर अदालत अगाडि पूmलले सजिएको बगैँचा पनि बनाइएको छ । विशेष पहलमा मेलुङ गाउँपालिकाबाट प्राप्त एक लाख रुपियाँमा मुद्दा फाँट नजिक सेवाग्राहीलाई विश्राम सहितको सेवा लिन सेड निर्माण गरिएको उहाँले जानकारी दिनु भयो । त्यसै गरी भीमेश्वर नगरपालिकाबाट प्राप्त दुई लाख रुपियाँमा रङरोकन र शौचालय निर्माण गरिएको उहाँको कथन रहेको छ । सेवाग्राही समेतलाई अदालत परिसरमा रहुञ्जेल मन बहलाउन समेतका लाई फ्रि वाइफाईको समेत व्यवस्था गरिएको जानकारी दिँदै उहाँले अलमलिनबाट जोगाउन दोलखा जिल्ला अदालत लेखिएको गोलो गेट बनाउने लक्ष्य राखिएको बताउनु भयो ।

Shares

Be the first to comment on "जिल्ला अदालत दोलखामा सिसी क्यामारा जडान"

Leave a comment

Your email address will not be published.


*