जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा‌ मेलिशा ढुङ्गेल प्रथम

राजकुमार भुजेल, दोलखा। जिल्ला युवा समिति दोलखाको आयोजनामा आज सदरमुकाम चरिकोटमा भएको जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा सहिद स्मृति आवसिय माध्यामिक विद्यालय जिरीका छात्रा मेलिशा ढुङ्गेल प्रथम भएकी छिन्। १९ जना वक्ताहरुको उपस्थितिमा भएको प्रतियोगितामा ढुङ्गेल प्रथम भएकी हुन्। त्यस्तै पशुपति कन्यामन्दिर चरिकोटकी छात्रा विपना नेपाली द्वितीय र मेलुङ गाउँपालिकाका सुदिप कुमार कार्की ले तृतीय स्थान हासिल गरेका छन्। प्रतियोगितामा प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले पाँच हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । वक्ता रुपमा दृष्टिविहिन राजेन्द्र माझी सहित प्रतियोगितामा २४ वर्षमुनिका विद्यार्थीहरुको सहभागिता रहेको थियो । त्यस्तै कालिन्चोक गाउँपालिका शिक्षा शाखा प्रमुखको नेत्रित्वमा निर्णायक मण्डल संयोजक रोशनी आचार्य, सर्व माध्यमिक विद्यालय जिलुका प्रधानध्यापक विश्वमणि चौलागाई र भिम माध्यमिक विद्यालयबाट नेपाली विषयकी शिक्षीका समिरा बस्नेतले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगिताका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानीले विद्यार्थीका लागि यस्ता उदाहरणीय प्रतियोगिताले विद्यार्थीकोे हौसला सहित क्षमता अभिवृद्धि गर्न टेवा पुग्ने बताए । प्रतियोगितामा पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश खतिवडा, प्रेस काउन्सिल नेपाल का सदस्य चिरञ्जिवी मास्के, शिक्षा विकास समन्वय समिति दोलखाका प्रमुख शंकर बाबु श्रेष्ठ,कालिन्चोक माध्यमिक विद्यालयका प्रधानाध्यापक शम्भु गौतम, अखिल क्रान्तिकारी दोलखाका जिल्ला संयोजक आर्टिस्ट मोक्तान,सहसंयोजक विकल खड्का लगाएतको सहभागिता रहेको थियो। नयाँ प्रतिभाको खोजी गर्न प्रदेश युवा परिषद् बागमतीको आर्थिक सहयोगमा जिल्ला युवा समिति दोलखाले युवा र नवप्रवर्तन (Idea Hunt) भन्ने शिर्षकमा प्रतियोगिता गरेको जिल्ला युवा समितिका अध्यक्ष भरतकुमार श्रेष्ठले जानकारी दिए।

Shares

Be the first to comment on "जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा‌ मेलिशा ढुङ्गेल प्रथम"

Leave a comment

Your email address will not be published.


*