जिलुको वृन्दावनमा वृक्षरोपण

दीक्षण समाचार
चरिकोट, साउन ११
दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ४ जिलु, वृन्दावनमा वृक्षारोपण गरिएको छ । ठुलो भिरमा अवस्थित महाङ्काल मन्दिर क्षेत्रको वनमा वर, पिपल र स्वामीको बिरुवा रोपिएको हो । स्थानीय समाजसेवी एवं राजनीतिज्ञ केशवराज चौलागाईँले वृन्दावनमा मन्दिर समेत रहेकोले धार्मिक विश्वास बढाउने र प्राकृतिक सुन्दरतालाई कायम राख्ने उद्धेश्यले वृक्षरोपण गरिएको सुनाउनुभयो । उहाँले प्राकृतिक एवं धार्मिक दृष्टिले महत्वपूर्ण मानिएको र औषधीय गुणयुक्त वृक्षले मानव हित गर्ने बताउनुभयो । वातावरण संरक्षण र सन्तुलनका लागि वृक्षरोपणका साथै त्यसको संरक्षण गर्नुपर्ने अपरिहार्य रहेको सन्देश प्रवाहका लागि वृक्षरोपण गरिएको बताउँदै हरित सुन्दरता र मौलिक संस्कृतिको जर्गेना गरिनुपर्ने उहाँले जोड दिनुभयो । स्मार्ट दोलखा, स्वतन्त्र आवाजले उपलब्ध गराएको बिरुवा वृन्दावनमा रोपिएको हो ।
मन्दिर र मन्दिर क्षेत्रलाई अहिले सुन्दर र व्यवस्थित बनाइएको छ । यहाँ राधा कृष्णको ठूलो मुर्ति रहेको छ । गाउँदेखि केही टाढा रहेको यो मन्दिरसम्म पुग्न मोटरबाटोको व्यवस्था छ । धार्मिक पर्यटन प्रवद्र्धनको उद्धेश्यसहित भीमेश्वर बहिरा प्राथमिक विद्यालयदेखि मन्दिरसम्म सिँढीसहितको पैदलमार्ग बनाइएको छ । यो क्षेत्रबाट चरिकोट, दोलखा लगायतका बस्तीहरु देखिन्छन् । गौरीशंकर हिमाल र तामाकोशीको दृष्यावलोकन गर्न सकिन्छ ।

Shares

Be the first to comment on "जिलुको वृन्दावनमा वृक्षरोपण"

Leave a comment

Your email address will not be published.


*