जिलुको एकिकृत बस्ति २ वर्षभित्र निर्माण सम्पन्न गरिने

ईश्वर बिश्वकर्मा
चरिकोट, साउन १८

दोलखाको भीमेश्वर नगरपालिका ४ जिलुस्थित निर्माणाधिन डिही फसिभैँ एकिकृत बस्ति २ वर्षभित्र निर्माण गरिने भएको छ ।२०७३ सालबाट भुकम्प पिडितका लागि निर्माण शुभारम्भ गरिएको एकिकृत बस्ति आगामी वर्ष २०७७ सम्ममा निर्माण सम्पन्न गरि हस्तान्तरण गरिने भएको हो । २०७२ सालको विनाशकारी भुकम्पका कारण पुर्णरुपमा क्षति पु¥याएको सो स्थानमा एकिकृत बस्ति निर्माण गर्ने कार्य थालनी गरिएको थियो । डिहीमा ७५ र फसिभैँमा १०८ गरी १८३ वटा घरसहित बस्ति निर्माणकालागि आर्थिक वर्ष २०७४÷०७५ मा बस्तिका लागि डिपिआर तयार भई स्वीकृत भएको थियो । प्रारम्भिक सर्वे तथा डिजाइन गर्न हुराडेक नेपाल दोलखा र सांसद क्षेत्र विकास कोषबाट आर्थिक सहयोग प्राप्त भएको डिही फसिभैँ एकिकृत बस्ति निर्माण उपभोक्ता समितिका अध्यक्ष अर्जून प्रसाद चौलागाईँले बताए । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण दोलखा र भीमेश्वर नगरपालिका लगायतको समन्वय र सहयोगमा सो बस्ति निर्माण भइरहेको उनले बताए । अधिकांश घरहरु यसै वर्षमा निर्माण हुने र बाँकी घरहरु २०७७ सम्ममा निर्माण गरिने लक्ष्य राखिएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणबाट आर्थिक वर्ष २०७३÷०७४ मा डिही ब्लक ‘क’ र फसिभैँ ब्लक ‘ख’ को लागि स्वीकृत भएको बस्तिमा ५० लाख निकासा भएको थियो । उक्त बजेटले सडक ट्रयाक निर्माण लगायतका कार्य गरिएको उनले बताए । आर्थिक वर्ष २०७५÷०७६ मा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण दोलखाबाट ठेक्का गरि फसिभैँ र डिही ब्लकमा सडक, बाउण्ड्री वाल, पक्की नाला, ढल, लगायतका निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिका सचिव तारानाथ चौलागाईँले बताए । सो कार्य ७ करोड ३२ लाखबाट सुरु गरिएको थियो ।
साथै सोही आर्थिक वर्षमा ठेकेदारबाट ठेक्का घटेको रकमसहित उपभोक्ता समितिले निर्माण कार्य गर्ने गरि १ करोड ५५ लाख प्राधिकरणले उपलब्ध गराएको थियो । उक्त रकमले प्राविधिक स्टमेडअनुसार फसिभैँ ब्लकको मेशेनरी वाल, घडेरी सम्याउने र स्ल्याब निर्माण कार्य गरिएको उनले बताए । साथै डिही ब्लकको मेशिनरी वाल प्लम ढलान र घडेरी सम्याउने कार्य सम्पन्न गरिएको सचिव चौलागाईँले बताए । त्यसैगरी भीमेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ मा २० लाख र आर्थिक वर्ष २०७५÷७६मा १४ लाख उपलब्ध गराएको रकमबाट अस्थाइ आवास स्थानान्तरण गरिएको उनले बताए । साथै एकिकृत बस्तिमा निर्माण समाग्री ढुवानीका लागि सडक निर्माण गर्न नगरले ३० लाख रकम उपलब्ध गराएको थियो । त्यो रकमले डिही बादीसम्म सडक निर्माण गरिएको सचिव चौलागाईँले बताए । ५ वर्षसम्म अस्थाइ कटेजमा जीवनयापन गरिसकेका भुकम्प पिडित स्थानिय वासिन्दाले एकिकृत बस्ति चाँडै सम्पन्न हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।एकिकृत बस्ति प्रत्येक घर एकै रङका हुने र हेर्दा अग्लो होचो देखिएतापनि एउटै शैलीको हुने उनले बताए । साथै प्रत्येक संस्कृतिको जर्गेना र वातावरणका लागि प्रत्येक घर अगाडि तुलसीको मोठ सहित ३ देखि ५ वटा रुख रोप्ने उनले बताए । ढिकी, जाँतो लगायतका स्थानिय प्रविधीसहितको घरहरु निर्माण हुने पनि उनले बताए । जसले दोलखामा पर्यटन प्रवद्र्धन हुने र दोलखाको सुन्दरतालाई अझ सकरात्मक प्रभाव पार्ने उनको धारणा रहेको छ । उनका अनुसार कानुनी रुपमा एकिकरण गरिएको व्यक्तिहरुको जग्गा कसको स्वामित्वमा रहने भन्नेमा प्राविधिक समस्या रहेको छ । फसिभैँ ब्लकमा ६ मीटर चौडा सडकको प्लम ढलान सहितको वाल निर्माण, वाउण्ड्री वालको बाँकी मेशिनरी वाल निर्माण कार्य गनुपर्ने कार्य गर्नुपर्ने उनले बताए । उनका अनुसार त्यसैगरि निर्माण सम्पन्न सडकको ग्राबेल सहितको पिच, बती व्यवस्थापन, सामुदायिक भवन निर्माण, केहि घडेरीहरु तयार लगायतका कार्यहरु गनुपर्ने रहेको छ । डिही ब्लक अन्तर्गत सडक टयाक, मेशेनरी वाल, ग्याविन, ढल तथा पक्की नाला, बती व्यवस्थापन, सामुदायिक भवन निर्माण कार्यहरु निर्माण गनुपर्ने हुन्छ । साथै दुवै ब्लकमा डिपिआरअनुसारको एकै प्रकार, एकै शैलीको घर निर्माण गर्न बाँकी रहेको छ डिही फसिभैँ बस्ति निर्माणका लागि बाँकि पूर्वाधार निर्माण गर्न नेपाल सरकार राष्टिय पुननिर्माण प्राधिकरणबाट ८ करोडको अपेक्षा गरिएको छ । बस्तिको तर्फबाट ३ नम्बर प्रदेश सरकारसँग भुकम्प पिडितको लागि बस्तिमा घर निर्माण गर्न प्रत्येक परिवारलाई छानो, झ्यालढोकाका काठ लगायत आवश्यक पर्ने भौतिक सहयोगको आवश्यकता रहेको स्थानियले बताए । भीमेश्वर नगरपालिकासँग घर निर्माण कार्यमा आवश्यक नक्सापास र जग्गा रजिष्ट्रेशनका लागि सहयोगको अपेक्षा गरिएको छ । साथै बस्ति निर्माणका लागि अन्य विभिन्न सहयोगको पनि स्थानिय बासिन्दा अपेक्षाले गरेका छन् ।

Shares

Be the first to comment on "जिलुको एकिकृत बस्ति २ वर्षभित्र निर्माण सम्पन्न गरिने"

Leave a comment

Your email address will not be published.


*