जिरी सामुदायिक एफएमको भव्य उद्धघाटन

चरिकोट –दोलखाको जिरी नगरपालिकामा स्थापना भएको जिरी सामुदायिक एफएमको उद्धघाटन भएको छ ।
विहिवार नेकपा वरिष्ठ नेता एबंम पुर्व प्रधानमन्त्री भलनाथ खनालले सो रेडियो उद्धघाटन गरेका छन । सो समारोहमा वोल्दै खनालले सरकारले बिकासको लहर ल्याउनु पर्ने बताए । तीन वटा सरकारले नै नयाँ ढङगले विकासको लहर ल्याउनु पर्ने धारण राखे । सरकारको अहिलेको चुनौती धेरै रहेको त्यसलाई निराकरण गरेर सरकार अगाडी बढ्नु पर्ने आज आवस्यकता रहेको उनको भनाई छ । त्यसैगरी अहिलेको सरकारले सवै क्षेत्रमा कडेभिटी संन्चालन गर्नु पर्ने उनकोे भनाई छ । सरकारले संन्चार यातयात तथा अन्य क्षेत्रमा कडेभिटीको माध्यमबाट विकास गर्नुपर्ने बताए ।
त्यसैगरी प्रतिनिधीसभा सांसद पार्वत गुरुङले संन्चार माध्यमको विकासले लोकतन्त्र बलियो हुने बताए । प्रतिनिधीसभा सांसद शान्तिमाया पाख्रिन जिरी एफमलाई निक्ष्पक्ष समाचार जनतासँग पु¥याउन सुझाव दिइन । पुर्वमन्त्री तथा नेकपाका प्रदेश ३ का सचिव आनन्द पोखरेलले संन्चारले लोकतन्त्र बलियो हुने धारण राखे । प्रदेशसभा सांसद पशुपति चौलागाईले रेडियोले सवैका सझा मुद्धा उठाउनु पर्नेमा जोड दिए । प्रदेशसभा सांसद विसाल खडकाले जनताको सारथी रेडियो हुनुपर्ने बताए । जिरी नगरपालिकाका मेयर टंक जिरेलले जिरी नगरपालिका सफा जिरी ,स्वच्छ जिरी तथा अर्नानिक जिरी बनाउन लागेको बताए
रेडियो संन्चालक समितिका अध्यक्ष लक्ष्मण खडकाले रेडियो जनताको पक्षमा आवाज उठाउने बताए । जनताको समस्यामा सधै रेडियो तत्पर हुने उनको भनाई छ । जिरीमा मुख्य कार्यालय रहेर स्थापना भएको एफएम त्यस क्षेत्रमा ९४ मेगाहर्जमा दोलखा तथा आपसका जिल्ला सुनिने छ ।

 

Shares

Be the first to comment on "जिरी सामुदायिक एफएमको भव्य उद्धघाटन"

Leave a comment

Your email address will not be published.


*