जिरी र बैतेश्वरमा एमालेको नयाँ नेतृत्व

चरिकोट (दीस) ः नेकपा एमालेकोे जिरी नगर कमिटीमा तथा बैतेश्वर गाउँपालिका कमिटीमा नयाँ नेतृत्व चयन भएको छ । बुधबार दोस्रो अधिवेशनले दुबै पालिकामा नयाँ नेतृत्व चयन गरेको हो । जिरी नगरपालिकामा टपिन्द्र खड्कालाई अध्यक्षमा चयन गरेको छ । समितिको उपाध्यक्षमा नुर्बु शेर्पा, सचिवमा लुकछिरि शेर्पा, उपसचिवमा सागर सुनुवार र रस्मिला राई जिरेललाई नेकपा एमाले जिरीले जनाएको छ । नब निर्वाचित कमिटीमा ४५ सदस्य रहेका छन् । त्यसैगरी एमाले बैतेश्वर गाउँपालिका कमिटीमा बुधबार नै भएको अधिवेशनले डबल तामाङलाई अध्यक्षमा चयन गरेको छ । समितिको उपाध्यक्षमा कुमार चौलागाई , सचिवमा विरोध तामाङ, उपसचिवमा सविन तामाङ र प्रतिमा ढुंगेललाई चयन गरेको नेकपा एमाले बैतेश्वर कमिटीले जनाएको छ । नब निर्वाचित कमिटीमा ३७ सदस्य रहेका छन् । जसको कार्यकाल ३ बर्ष रहने छ । अधिवेशन पालिकाको मैनापोखरीमा सम्पन्न भएको हो ।

Shares

Be the first to comment on "जिरी र बैतेश्वरमा एमालेको नयाँ नेतृत्व"

Leave a comment

Your email address will not be published.


*