जिरी माविको भवनको शिलान्यास

जिरी (दीस) –दोलखाको जिरी नगरपालिकामा रहेको जिरी माविको नयाँ भवनको सोमबार शिलान्यास गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले भवनको शिलान्यास गर्नु भएको थियो । विद्यालयको भवन निर्माणको लागि सन् २०१९ मे मा सम्झौता भएको भए पनि कोरोना भाईरसको संक्रमण बढ्न थालेकाले भवन निर्माण रोकिएको थियो । जिल्लामा भारत सरकारको ६ वटा, चीन सरकारको २ वटा र एडीबीको सहयोगमा निर्माण गर्नुपर्ने ४ वटा भवन भने ढिलाई भएको शिक्षा समन्वय इकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले जानकारी दिनु भयो । शिलान्यास गरिएको भवन सन् २०२५ मे भित्रमा सम्पन्न गर्ने जनाएको छ । उक्त विद्यालय भवन चीन सरकारको सहयोगमा निर्माण हुन लागेको हो । भवन शिलान्यास कार्यक्रम जिरी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव कार्कीको अध्यक्षता र शिक्षा मन्त्री अशोक कुमार राईको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा चीनका इकोनोमिक कन्सुलर से ह्यूइ र जिरी नगरपालिकाका मेयर मित्र जिरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Shares

Be the first to comment on "जिरी माविको भवनको शिलान्यास"

Leave a comment

Your email address will not be published.


*