जिरी नगरपालिका–२ श्यामाडाँडा स्थित सेतीदेवी आधारभूत विद्यालयमा सरस्वती मन्दिर निर्माण हुँदै

दीक्षण समाचार चरिकोट– दोलखाको जिरी नगरपालिका–२ श्यामाडाँडा स्थित सेतीदेवी आधारभूत विद्यालयमा सरस्वती मन्दिर निर्माण भईरहेको छ ।विद्यालयका पूर्व विद्यार्थी, अभिभावक, समाजसेवीको सहयोगका साथै स्थानीयको श्रमदानबाट मन्दिर निर्माणको काम भईरहेको विद्यालयका प्रधानाध्यापक निरबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार मन्दिर निर्माण गर्ने कामको थालनी माघ पाँच गतेदेखि सुरुवात गरिएको हो । इच्छाअनुसारको श्रमदान गर्नुका साथै आर्थिक सहयोग गरेपछि मन्दिर निर्माणको कामले गति लिएको छ । अहिलेसम्म १० जना बढीले आर्थिक सहयोग गरिसकेका छन् । मन्दिर निर्माणमा २ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । मन्दिरमा फाइबरद्धारा निर्मित सरस्वती मुर्ति प्रतिस्थापन गर्ने योजना रहेको प्रधानाध्यापक कार्कीले बताउनु भयो ।यसको लागि पनि रकम खर्च हुने छ । प्रधानाध्यापक कार्कीले जनसहभागिताबाट निर्माण भईरहेको मन्दिर निर्माणका साथै मुर्ति खरीदका लागि लागि आर्थिक सहयोग गर्न मनकारीहरुलाई अनुरोध समेत गर्नुभएको छ । उहाँले सहयोग गर्न इच्छुक व्यक्तिले विद्यालयमा वा फोनको माध्यमबाट सम्पर्क गर्न सकिने बताउनुभयो । मन्दिर निर्माणपछि सरस्वतीको आराधाना गर्नको लागि विद्यार्थीलाई सहज हुने छ । श्रीपञ्चमीको दिन पूजअर्चना गरिने छ । तर यो वर्षको श्रीपञ्चमीमा भने पूजा अर्चना गर्न सम्भव देखिएको छैन । मन्दिर निर्माणाधिन अवस्थामा रहेकोले यो वर्ष मन्दिरमा आराधाना हुने छैन । सेतीदेवी आविमा हाल ५२ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । विद्यालयमा भष्मे, भीरखर्क, श्यामा, ओर्ख टोलबाट बालबालिका अध्ययन गर्न आउने गर्दछन् । विद्यालयमा भूकम्पपछि ४३ लाख लागतमा एक संस्थाले भवन निर्माण गरिएको छ ।

Shares

Be the first to comment on "जिरी नगरपालिका–२ श्यामाडाँडा स्थित सेतीदेवी आधारभूत विद्यालयमा सरस्वती मन्दिर निर्माण हुँदै"

Leave a comment

Your email address will not be published.


*